प्रवासी नेपाली एकता मञ्च  अमेरिकाले प्रेस बिज्ञप्ति निकाल्यो ।

✍️ हाम्रो आवाज अनलाईन न्युज,अमेरिका- प्रवासी नेपाली एकता मञ्च अमेरिकाले भर्खरै नेपालमा राजनितिक अस्थिरता संगै संसद बिघटन भएकोमा दुख ब्यात्त गर्दै प्रेस बिज्ञप्ति निकालेकोछ । बिज्ञप्ति मञ्चका अध्यक्ष टेक गुरुङ र महासचिब शंकर पन्तले सर्बजानिक गरेका छन ।नेपाली जनताको भावनामा चोट लागेको र लाखौं नेपालीहरुको त्याग तपस्या र बलिदानबाट प्राप्त राजनैतीक प्राप्ती संघीय गणतान्त्रिक नेपाल माथि नै प्रहार भएको बिज्ञप्तिमा लेखिएकोछ ।

हाम्रो आवाज अनलाईन न्युज संगको छोटो कुराकानिमा प्रवासी नेपाली एकता मञ्चका महासचिब शंकर पन्तले कुनै पनि राष्ट्र तथा संस्थाको प्रमुख कानुन र बिधी भन्दा माथि हुन सक्दैन नेपाली जनता र इतिहासले प्रमाणित गर्ने बताउदै दुख ब्यात्त गर्नु भयो ।