परीक्षण दायरा बढाउदै खुन्दे अस्पताल

सोलुखुम्बु – खुम्बुमा खुन्दे अस्पताल अन्तरगत संचालित स्वास्थ्य संस्थाबाट पनि कोरोना भाइरसको परीक्षण गरिने भएको छ ।

परीक्षणको दायरा फराकिलो पार्दै थामे, मन्जो र फोर्चे स्वास्थ्य क्लिनिकबाट पनि एन्टिजेन परीक्षण शुरु गर्न लागिएको हो । आज तिन वटै स्वास्थ्य संस्थाका स्वास्थ्कर्मीलाई स्वाब लिने र परीक्षण तरिका सिकाएको खुम्बुबाट ल्हाक्पा ज्याल्जेन शेर्पाले बताए ।

हरेक स्वास्थ्य संस्थालाई १०–१० वटा एन्टिजेन किट पनि पठाइएको छ । हालसम्म खुन्दे अस्पतालले ८५ जनाएको परीक्षण गरेकोमा ५० प्रतिशतमा संक्रमण देखिएको अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. मिङमा कान्छी शेर्पाले जानकारी दिए ।