प्रतिनिधिसभा पुनर्स्थापनाको बहसमा न्यायाधीशको प्रश्नपछि ढल्ने वकिल शुलभ खरेल को हून ?
हाम्रोआवाज न्युज डटकम- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट कानुन व्यवसायी शुलभ खरेल इजलासमै ढलेका छन ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासमा बहस गर्दागर्दै न्यायाधीशले सोधेको प्रश्नको जवाफ दिन नसकेर उनी ढलेको बताइएको छ । संसद पुनर्स्थापनाको पक्षमा जिकिर गरिरहेका खरेललाई रोक्दै न्यायाधीशले भदौ २४ गते अदालतमा आगजनी हुनुमा उनको भूमिकामाथि पनि प्रश्न उठाएका थिए । त्यसपछि थरथर काम्दै उनी गर्ल्याम्मै ढलेको प्रत्यक्षदर्शी अर्का वकिलले बताए ।
अदालत जल्यो,अब न्यायाधीशको घर जलाउन जाऊँ भनेर फेसबुकमा लेख्ने ? अदालत डढाएर ठीक भयो भन्ने ? आगजनी गर्ने उपद्रवकारीलाई जथाभावी गर्न उकास्ने ? न्यायाधीशले बेन्चबाट सोधेका थिए, तपाईंलाई त हामीले एउटा राम्रो कानुन व्यवसायीको रुपमा हेरेका थियौँ । अनि अहिले यही अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्यो भन्ने ? त्यसपछि त्यस्तो हैन श्रीमानं भन्दै माफी मागेर उनी काम्दै ढलेका थिए ।
उनी थरथर काम्दै माफी मागेर ढलेपछि न्यायाधीशहरुले अस्पताल लैजान कर्मचारीहरुलाई निर्देशन दिएका थिए । अमेरिकामा कानुन पढेर आएका खरेल रास्वपामा आवद्ध छन । मंसिरका लागि तोकिएको रुपन्देही-३ को उप चुनावमा उनी उक्त पार्टीबाट उम्मेदवारको दावेदार थिए । तर, रास्वपाले लेखजंग थापालाई टिकट दिने निर्णय गर्यो ।
भदौ २४ को महाविध्वंशमा रास्वपाका अन्य नेताजस्तै खरेलले पनि समाजिक सञ्जालबाट भीडलाई भड्काएको आरोप छ । उनी थरथर काम्दै माफी मागेर ढलेपछि न्यायाधीशहरुले अस्पताल लैजान कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।
जनआस्थाबाट साभार....