पुरानै क्वारेन्टीन व्यूँताउने सोलुखुम्बुका स्थानिय तहको तयारी

सोलुखुम्बु – सोलुुखम्बुका स्थानिय तहले पुरानै क्वारेन्टीन व्यूँताउने तयारी गरेका छन् ।

सोलुदुधकुण्ड नगरपालिकाल फाप्लुमा व्यवस्थापन गरेको क्वारेन्टीन ब्यूँताउने स्वास्थ्य शाखा संयोजक चमर मगरले बताए । थुलुङ दुधकोशी गाउँपालिकाको हरेक वडामा २०–२० वेडको क्वारेन्टीन रहेको र ५ बेडको कोभिड अस्पताल सञ्चालनमा रहेको गाउँपालिकाका सुचना अधिकारी विशाल बाबु राईले जानकारी दिए ।

खुम्बुपासाङल्हामु गाउँपालिकामा क्वारेन्टीनको व्यवस्थापन छैन, भने आईसेलेसन निर्माणको तयारी गरिएको छ । गाउँपालिका बाहिरबाट आएका व्यक्तिलाई होम क्वारेन्टीनमा राखिने र गाउँपालिकामा ५ बेडको आईसोलेसन समेत रहेको सोताङ गाउँपालिका स्वास्थ्य शाखा संयोजक श्रीध्वज राईले बताए ।

माप्यदुधकोशी गाउँपालिकाको दाम्कुमा १० बेडको क्वारेन्टीन पुरानै रहेको गाउँपालिका उपाध्यक्ष जुनिता माया रेग्मी मगरले बताईन् । नेचासल्यान र लिखुपिकेले पनि पुरानै क्वारेन्टीन ब्यूँताउने तयारी गरेका छन् ।

आठ स्थानिय तह रहेको सोलुखुम्बुमा महाकुलुङ गाउँपालिकाले दैवी प्रकोप व्यवस्थापन समितिको बैठक बसी थप निर्णय गरि क्वारेन्टीन व्यवस्थापन गर्ने स्वास्थ्य शाखा संयोजक हरी आचार्यले जानकारी दिए ।