पुस्कर सुनुवार, मोहन मगर,रचना रिमाल र अनु चौधरीको संयुक्त आवाजमा “मरेर जानी यो जिन्दगानी”
काठमाडौँ । गायक तथा संगीतकार पुस्कर सुनुवार, मोहन मगर गायिका रचना रिमाल र अनु चौधरीको संयुक्त आवाजमा रमाईलो गीत “मरेर जानी यो जिन्दगानी” गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतकार जिबन लुइँटेलको शब्द ‘ गायक मोहन मगरको संगीत र गायक पुस्कर सुनुवारको संगीत संयोजन रहेको गीतको भिडियो सुरज श्रेष्ठले छायांकन गरेका हुन् भने मोहन सुनुवार नबिनले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई गायक तथा संगीतकार पुस्कर सुनुवारको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।
हेर्नुहोस् गीतको भिडियो :