
नबराज राई संखुवासभा / गायक राजेश पायल राई र गायिका जुनि खालिङ राईको आवाजमा रहेको “ए साइला” बोलको पूर्वेली लोकगीत आज सार्वनिक गरिएको छ । सन्जीब कोयी राईको शब्द रहेको उक्त गीतको संगीत चर्चित युवा गायक तथा संगीतकार अनिल कोयी राईको रहेको छ । गीत लिपसिङ भिडियो सहित सन्जीबकोयी राईको युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।
ओपल स्टुडियोमा रेकर्ड गरिको गीतमा विष्णु अधिकारीले एरेन्जि गर्नुभएको छ भने बलदीप अधिकारीको मिक्समास्टरीङ रहेको छ । प्रेमभावमा प्रस्तुत गरिएको गीतमा साइला साइली दुवैले प्रणय प्रेमलाई जीवनसाथीमा परिणत गरी जीवनभरी एक अर्कालाई साथ दिने बाँचा गरेका छन् ।गीत निक्कै मन छुने खालको छ भने चर्चीत गायक राजेस पायल राई र गायिका जुनि खालिंङ राईको सुमधुर आवाजले अझ मीठासपन थपेको छ । गीतकार सन्जीव कोयी राईको
यो दोस्रो गीत हो । केहि महिना अघि पनि राईले “सालघारीमा” बोलको म्यूजिक भिडियो सार्बजनिक गरिसकेका छन् । सालघारीमा गीतले पनि देश तथा विदेशमा छरिएर रहनु भएका दर्शकहरुले अत्याधिक मन पराएका छन। सालघारीको सफलताले नै चाडै नयाँ गीत सार्वजानिक गर्न हौसला दिएको गीतकार राईको भनाइ
छ । यस गीतलाई पनि देश विदेशमा रहेका आम दर्शकहरुले मन पराई दिने आशा गीतकार राईको रहेको छ ।विगत लामो समय देखि प्रवासमा रहेर पनि पत्रकारीता र गीतसंगितको क्षेत्रमा योदान दिदै आएका राईले।यो गीत तयार गरी सार्वजनिक गर्न सहयोग पु¥याउनुहुने सम्पूर्ण व्यक्ति तथा संस्था प्रति गीतकार राईले आभार प्रकट गरेका छन।
भिडियो हेर्न तलको लिंकका क्लिक गर्नुहोस्