
धरान । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले नेपालको राष्ट्रीय झण्डाको बिषयमा वहस हुनु पर्ने बताएका छन् ।
मञ्चका अध्यक्ष लिङ्देनले गोलमेच सम्मेलन गरी नेपालको राष्ट्रीय झण्डा मात्र नभएर राष्ट्रीय जनावर र १० प्लस १ प्रान्तका विषयमा वहस हुनु पर्ने बताएका हुन् । नेता लिङ्देनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै सो कुरा बताएका हुन् । मञ्चका अध्यक्षका अनुसार ‘हामीले बारम्बार भनेका छौं, गोलमेच सम्मेलन गरिनुपर्छ, उक्त सम्मेलनमा झण्डा, गाई, गोरु, १० प्लस १ प्रान्तको विषयमा राष्ट्रीय सहमति खोज्ने प्रयास गरिनुपर्छ ।’
नेता लिङदेनले कुनै एक समुदायलाई इंगित गरी शरणार्थी भन्ने कुरा गरियो भने त्यो राजनीतिक कुरा नहुने प्रष्ट पारेका छन् । लिङ्देनले लेखेका छन्, ‘आदिवासीले बाहुन क्षेत्री खेद्ने, बाहुन क्षेत्रीले आदिवासी खेद्ने कुरा वाहियात, हाँसोलाग्दो र घिनलाग्दो कुरा हो। २१ औं शताब्दीमा यस्तो हाँसोलाग्दो कुरालाई राजनीतिक एजेण्डा बनाउनु हुँदैन ।’ तर, देशभित्र आफ्नो अधिकारका लागि अन्तिम श्वास रहेसम्म आफ्नो लडाईँ जारी राख्ने लिङ्देनले बताएका छन् ।
बाहुन नेताहरुको भ्रष्टता र अकर्मन्यताको जमेर विरोध गर्ने तर बाहुन समुदायलाई नै सिध्याउने कुरा नगर्ने उनकाे भनाइ छ । उनले लेखेका छन्, ‘बाहुन समुदायलाई सिध्याउने कुरा गर्ने हो भने हामी पनि अर्को खतरनाक बाहुन हुनेछौ उनले भनेका छन् ।