काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई गरेको समर्थन फिर्ता लिने भएकाे छ ।
शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको संयुक्त बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सत्ता गठबन्धनले रास्वपालाई सरकारमा ल्याउने प्रयास गरिरहेको थियो ।
यसअघि रास्वपाले सरकारले न्यूनतम साझा कार्यक्रममा आफ्नो एजेन्डा हटाएको भन्दै आपत्ति जनाउँदै आएको थियो।