रकी माउन्टेण्ड फ्रेण्डस् अफ नेपालको नयां कार्यसमितीद्धारा पदभार ग्रहण ।

✍️नातिबाबु भट्ट ,कोलोराडो अमेरीका । कोलोराडोमा सकृय नेपाली समुदायको पहिलो सामाजिक संस्था रकी माउन्टेन फ्रेण्ड्स अफ नेपालको हालै सम्पन्न निर्वाचनबाट निर्विरोध निर्वाचित भएका पदाधिकारीहरुले आज एक समारोह बिच सफद खांदै पदभार ग्रहण गरेका छन् ।
संस्थाको दुई बर्षे कार्यकालको लागी  सम्पन्न निर्वाचनमा  कार्यसमितीका सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको घोषणा गर्दै,  निर्वाचन समितीका सयोजक किरण डांगी तथा सदस्यहरु कृष्णमुरारी ढुङ्गेल र डा.अनीता थपलियाले सबैलाई रातो टिका खादा लगाई दिई प्रमाण पत्र प्रदान गर्दै  सम्मान गरेका थिए । सोही समारोहमा नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितीका सयोजक किरण डांगीले संस्थाको विधान अनुसार सफद खुवाएका थिए भने वर्तमान अध्यक्ष बिनोद त्रीपाठीले कार्यभार हस्तान्तरण गरेका थिए ।

यसरी पदभार ग्रहणगर्ने पदाधिकारीहरुमा अध्यक्ष पदमा टिका पौडेल, उपाध्यक्षमा रामगोपाल श्रेष्ठ, कोषाध्यक्षमा कृष्णकुमार घिमिरे, कल्चर सेक्रेटरी आकृती राई (अधिकारी), पब्लिक रिलेसन अफिसर अर्जुन कार्की, महिला कोअर्डिनेटर यशोदा भट्ट रहेका छन् । त्यसैगरी अन्य बोर्ड सदस्यहरुमा नुरहरी पोख्रेल, सुनीता अधिकारी रहेका छन् । बोर्ड सदस्यमा निर्वाचित दिर्घ बुढा विशेष कारणले उपस्थित भएका थिएनन् । त्यस्तै संस्थाको महासचिव र टेक्नीकल अफिसर पदमा कसैको आवेदन नपरेको निर्वाचन समितीले बताएको थियो ।

वेस्टमिनिस्टर स्थित क्वालिटी ईन होटलमा नेपाल र अमेरिकाको राष्ट्रियगान गाएर कार्यक्रम सुरु गरीएको थियो ।  संस्थाका पूर्व अध्यक्ष शरद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न संस्थाका पदाधिकारी, बुद्धीजिवी, गन्यमान्य, साहित्यकार, पत्रकार, कलाकार तथा सर्व साधारणहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित बिभिन्न महानुभावहरुले नव निर्वाचित पदाधिकारीहरुको कार्य सफलताको शुभकामना मन्तब्य दिएका थिए । यसरी शुभकामना मन्तब्य दिनेहरुमा निर्वाचन समितीका सदस्य एवं कलाकार तथा साहित्यकार कृष्णमुरारी ढुङ्गेल बरिष्ठ साहित्यकार ज्ञानेन्द्र गदाल, अनेसास बोर्ड अफ ट्रष्टी उपाध्यक्ष पदम विश्वकर्मा, एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष कुमारजंग कार्की लगायतका रहेका थिए ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष टिका पौडेल लगायत सबै पदाधिकारीहरुले संस्थाको विधान अनुसार आफुहरुलाई सुम्पिएको जिम्मेवारी सबैको साथ सहयोग र सल्लाह अनुसार कुशलता पुर्वक सम्पन्न गर्ने प्रण गरेका थिए  अध्यक्ष पौडेलले प्रवासमा नेपाल र नेपालीको पहिचाहन दिने सबै नेपाली जात जाती भाषा भाषीका  समुदायलाई समेट्दै सबैको सर सल्लाह सुझावमा अघि बढ्ने बताए । त्यस्तै आर्थिक पारदर्शिता, संस्थाको सदस्यता बिस्तार, सांस्कृतीक कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका थिए । कार्यक्रममा उपस्थित सबैलाई बर्तमान अध्यक्ष बिनोद त्रीपाठीले स्वागत गरेका थिए भने, उपाध्यक्ष मणी बस्नेतले कार्यक्रम संचालन गरेका थिए ।