
हाम्रो आवाज न्यूज । अमेरिका कोलोराडोमा बिगत १७-१८ बर्षदेखी बसोबास गर्दै आएका राज ढ़ूँगाना कोलोराडोको नेपाली समाजमा सीधा कुरा स्पष्ट विचार राख्न सक्ने ब्यात्तिको रूपमा परिचित छन । नेपालमा विद्यार्थी राजनीतिबाट खारिएका उनी जुझारू , ऊर्जाशील , कुशल संगठक र रणनीतिकार पनि हुन भन्ने कुरा कम्तिमा कोलोराड़ो समाजलाई राम्रो संग थाहा छ । अमेरिकाभर नेपाली समुदायको हित र सेवाको ख़ातिर विस्तार गर्न चाहेको बताउदै उनले NRNA-NCC , USA को BOARD OF DIRECTORS मा उम्मेद्वारीको घोषणा गरेका छन ।
ढुँगाना संग अमेरिकामा बिभिन्न संघ संस्थामा बसेर काम गरेको अनुभबछ ।नेपाली घरको उपाध्यक्ष ( २०१५-२०१७ ) र त्यसैगरी एनआरएन कोलोराड़ो च्याप्टरको निवर्तमान अध्यक्ष (२०१७-२०१९ ) को रूपमा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पण गरीसकेका छन । हाल NRNA HELP DESK MANAGEMENT COMMITTEE ( 2019-2021 ) जस्तों महत्वपूर्ण कमिटिमा CO- CHAIR को रूपमा पनि क्रियाशील छन ।
साथै कोलोराड़ोमा सामुदायिक केन्द्र हातेमालो गरेर कुरा अगाड़ी बढ़ाउने र बनाउने कुरामा पनि उनको महत्वपूर्ण भूमिका छ ।
ढूँगानाको बिचारमा एनआरएनको मेरुदंड भनेको च्याप्टरहरू हुन त्यसैले च्याप्टरहरूको पीरमर्काको आवाज़ बुलन्द ग़र्ने , तीनलाई अझ वास्तविक रूपमै मज़बूत , सशक्त , गतिशील , समावेशी , जबाफदेही , सहभागितामूलक अनि पारदर्शी बनाउनु पर्ने बताउछन ।
आफु निर्वाचित भएमा आफुले पाएको जिम्बेवारी कुशलता पुर्वक निभाउने प्रतिबद्धता जनाएका छन् ।(२०२१–२०२३ ) NRNA-NCC , USA को BOARD OF DIRECTORS पदाधिकारीहरुको निर्वाचनमा आफुलाई कोलोराडो लगायत अमेरीकामा रहेका सबै नेपाली दाजुभाई दिदी बहिनिहरुलाई आफ्नो अमुल्य मतदिई जिताउन सबैसंग हार्दिक अनुरोध गरेका छन् ।