चर्चित गायक राईज किङ राजेश पायल राई संग शेर्पाले मागे माफी ।

✍️हाम्रो आवाज न्यूज । चर्चित गायक राईज किगं राजेश पायल राईमाथि भएको दुर्व्यवहारपछिको विवाद दावा पासाङ शेर्पाले माफि मागेसँगै उक्त विषय साम्य भएकोछ। जनवारी दुई अर्थात आइतबार अमेरिकास्थित न्यूयोर्कमा पञ्च भलादमीसहितको उपस्थितमा शेर्पाले गायक राईलाई किराती संस्कार अनुसार एक बोतल रक्सी राखेर क्षमा मागेका थिए ।

गायक राईमाथि प्रस्तुति दिँदै गर्दा स्टेजमै आक्रमण गरिएपछि उक्त विषयले सामाजिक संजाल तथा  सांगीतिक क्षेत्रमा तरङ्ग पैदा भएको थियो । उक्त घटनप्रति संगीतसँग सम्बन्धित विभन्न संस्था तथा व्यक्तिहरुले घोर भत्र्सना गरेका थिए । उता आक्रमणमा परेका राईले भने कुनै पनि नकारात्मक टिप्पणी गरेका थिएनन् ।

भिडियो लिकं यहाँ
https://youtu.be/Ym1USK8C6w8