गायक राईज किगं राजेश पायल राईको बिशेष प्रस्तुती कोलोराडोमा हुदै ।
✍️हाम्रो आवाज,कोलोराडो अमेरिका।बिगत बर्ष झै रक्की माउन्टेन फ्रेन्डस अफ नेपालको आयोजनामा २०८० सालको दशै तिहार शुभकामना आदन प्रदान कार्यक्रम हुने भएकोछ।नेबेम्बर ४ तारिक शनिबार legacy High school 2701 W 136 Th Ave Broomfield Co 80023 मा साँझ ५ बजे देखी बेलुकी 10 बजे सम्म साँगीतिक साँझ हुने भएको हो ।
साँझ डिनर सहित हुने सो कार्यक्रममा चर्चित गायक राईज किगं राजेश पायल राईको बिशेष प्रस्तुती रहनेछ। साथै कोलोराडोमा रहेका कलाकारहरुले पनि मनोरंजन गराउने छन।
हाम्रो आवाज न्यूज संगको कुराकानीमा रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका महासचिब आक्रिती राई अधिकारीले यो कार्यक्रम पारिवारीक मनरञ्जन लिन सकिने हुनाले साथै चर्चित गायक राजेश पायल राईको भब्य प्रस्तुती हुने भएकाले कोलोराडोमा रहनु भएका सबै नेपाली भाषीहरुलाई सहभागी हुन हार्दिक अनुरोध गर्नु भएकोछ ।