लोकप्रिय लोक दोहोरी गायक राजु परियार कोलोराडोमा आउँदै।
✍️गौतम सागर राई,कोलोराडो अमेरिका।कोशेली कोलोराडोको बिशेष आयोजनामा यही जुलाई १२ तारेख अमेरिकाको कोलोराडो राज्यमा लोकप्रिय लोक दोहोरी गायक राजु परियारको बिशेष साँगितिक प्रस्तुति हुने भएकोछ।
२५औ लोक गायन यात्रा सम्मान तथा साँगितिक साँझ कोलोराडोको 8971 Yates St Westminster Co 80031 मा साँझ ५ बजेबाट सुरु हुनेछ। प्रवेश शुल्क प्रति ब्यक्ति $३५ डलर तोकिएकोछ।
सो साँगितिक साँझमा लोकप्रिय लोक दोहोरी गायक राजु परियारको साथमा गायिका अमृता मगर,गायक चन्द्र शर्माको पनि साँगितिक प्रस्तुति रहनेछ।कोशेली कोलोराडोले यस भन्दा अगाडी नेपथ्य ब्याण्ड,जोन चाम्लिङ,सुशान्त केसीको भव्य साँगितिक कार्यक्रमहरु सम्पन गरिसकेकोछ।
कोशेली कोलोराडोका प्रतिनिधि राजन गुरुङले हाम्रो आवाज अनलाईन संगको कुराकानीमा यस पल्टको लोक साँगितिक कार्यक्रम कोलोराडोमा रहेका नेपाली भाषीहरुको बिशेष अनुरोधमा आयोजना गर्न लागिएको साथै भब्य सब्य बनाउन सबैलै हार्दिक निमंत्रणा पनि गरेका छन ।