रकी माउन्टेण्ड फ्रेण्डस् अफ नेपालको अध्यक्षमा टिका पौडेल ।

नातिबाबु भट्ट कोलोराडो अमेरीका । कोलोराडोमा सकृय नेपाली समुदायको पहिलो सामाजिक संस्था रकी माउन्टेन फ्रेण्ड्स अफ नेपालको हलै सम्पन्न निर्वाचनमा अध्यक्षमा लगायत सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाको आगामी दुई बर्षे कार्यकालको लागी  सम्पन्न निर्वाचनमा  कार्यसमितीका सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् । संस्थाले कार्यसमितीको  निर्वाचन सम्पन्न गर्न किरण डांगीको संयोजकत्वमा कृष्णमुरारी ढुङ्गेल र डा.अनीता थपलिया  रहेको तिन सदस्सिय निर्वाचन समिती गठन गरेको थियो । उक्त निर्वाचन समितीले सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएको जानाकारी गराएको हो ।

यसरी निर्विरोध निर्वाचितहुने पदाधिकारीहरुमा अध्यक्ष पदमा टिका पौडेल, उपाध्यक्षमा रामगोपाल श्रेष्ठ, कोषाध्यक्षमा कृष्णकुमार घिमिरे, कल्चर सेक्रेटरी आकृती राई (अधिकारी),  पब्लिक रिलेसन अफिसर अर्जुन कार्की, महिला कोअर्डिनेटर यशोदा भट्ट रहेका छन् । त्यसैगरी अन्य बोर्ड सदस्यहरुमा नुरहरी पोख्रेल, सुनीता अधिकारी, दिर्घ बुढा  रहेका छन् ।

नव निर्वाचित कार्यसमितीलाई आगामी मे १ तारिकबाट कार्यभार हस्तान्तरण गरिने बर्तमान अध्यक्ष बिनोद त्रीपाठीले बताएका छन् । यसैबिच नवनिर्वाचित कार्यसमितीलाई नेपाली घर लगायत बिभिन्न सामाजिक संघ संस्था तथा ब्यक्तिहरुबाट बिभिन्न सामाजिक संजाल मार्फत कार्य सफलताको शुभकामना दिनेक्रम जारी रहेको छ ।