कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न।

✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।रक्तदान जिवनदान भन्ने मान्यतालाइ मनन गर्दै कोलोराडोमा हालै सम्पन्न रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् ।

ब्लड डोनर्स अफ, अमेरिका कोलोराडो च्यापटर (https://BloodDonorsOfAmerica.org) र रिभाईभ मेडिकल वेलनेस (www.ReviveMedicalWellness.net) को संयुक्त आयोजनामा Vitalant Blood Donation Center, Westminster, Colorado मा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रममा  रक्तदाताहरुको संख्या १४ रहेको ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष तथा रीभाईभ मेडिकल वेलनेसका मेडिकल डायरेक्टर डा. शारदा त्रिपाठीले जानकारी दिएकी छिन् ।

यसरी स्वतस्फुर्त रक्तदान गर्ने महानुभावहरु मध्ये टीका पौडेलले ३६ औं पटक रक्तदान गरेका थिए भने अनिल बज्राचार्यले पहिलोपटक रक्तदान गरी पुण्यकर्मको सुरुवात गरेका थिए ।  त्यस्तै अन्य रक्तदान गर्ने महानुभावहरुमा Ram Gopal Shrestha,  Bhusan Shrestha,  Shree Ram Luitel,  Binita Wagle,  Sujita Basnet, Santhosh Thapa,  Liza Shrestha,  Bimala Paudel,  Mark Morin, Marcus Lewis,  Shannon Conner र Aaron Conner  रहेका थिए ।

रक्तदान जस्तो पूण्य कार्यमा भविष्यमा पनि लागी रहन अभिप्रेरित गर्दै,  सवै रक्तदान गर्ने महानुभावहरुलाई ब्लड डोनर्स अफ अमेरिका, केन्द्रीय अध्यक्ष भुषणलाल श्रेष्ठले धन्यवाद दिएका थिए ।