अमेरिकाको कोलोराडो राज्यमा दिपक सुनुवारको नेतृत्वमा राष्ट्रिय  स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क समिति गठन।

✍️ नातिबाबु भट्ट,कोलोराडो अमेरीका।अमेरिकाको कोलोराडो राज्यमा दिपक सुनुवारको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क समिति गठन गरिएको छ ।

कोलोराडो स्थित अरोरा सिटिमा बुधबार संम्पन्न भेलाले दीपक सुनुवारको सभापतित्वमा ११ सदस्सिय राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क समिति गठन गरेको हो ।

यसरी गठित समितीका अन्य पदाधिकारीहरूमा उपसभापति इन्द्रप्रसाद घिमिरे, सचिवमा लिलाबहादुर पाण्डे रहेका छन । त्यस्तैगरी समितीका सदस्यहरुमा शान्तशोभा रञ्जितकार, सुशीला प्रधान, दीपकजंग थापा, रामबहादुर सुनार, उपेन्द्रराज घिमिरे, श्रवणकुमार शर्मा, रबिन्द्र श्रेष्ठ र सौजन रञ्जितकार चयन भएका चयन भएका छन् ।

अरोरा हिस्टोरिकल म्युजियम हलमा दीपक सुनुवारको अध्यक्षतामा भेला सम्पन्न भएको थियो । कार्यक्रममा कोलोराडोका बिभिन्न सहरबाट  ६० जना भन्दा बढिको उपस्थिति रहेको थियो । उक्त भेलालाई पार्टीका उपसभापति एवम् पूर्व श्रम तथा रोजगार मन्त्री डीपी अर्यालले नेपालबाट जूममार्फत सम्बोधन गरेका थिए । त्यसैगरी, पार्टीका कावा महामन्त्री तथा संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटी, पूर्वमन्त्री डा. तोसिमा कार्की, पार्टीका गैरआवासीय प्रमुख डा.प्रणय राणाले पनि जूममार्फत आतिथ्यता ग्रहणका साथै शुभकामंना मन्तब्य दिएका थिए ।

केन्द्रीय सदस्य मोहनजंग थापाको उपस्थिति रहेको भेलालाई  कार्यक्रमको  अन्त्यमा पार्टीका सभापति पूर्व उप प्रधान तथा गृह मन्त्रि रवि लामिछानेले जूमबाट शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रममा रास्वपा अमेरिका संयोजक रमेश भट्ट र नेताहरु प्रकाश सिलवाल, नरेश क्षेत्री, पदम पन्थीको आतिथ्यता रहेको  सभापती सुनुवारले बताएका छन् ।