रेलिगेशनबाट बाहिरियाे फ्रेन्ड्स
काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले रेलिगेशनबाट बाहिरिएकाे छ । आज भएको खेलमा संकटा क्लबमाथि ३–१ गोल अन्तरको जित दर्ता गर्दै रेलिगेशनबाट बाहिरिएकाे हाे ।
खेल अघि ८ अंकका साथ तालिकाको १३ औं स्थानमा रहेको फ्रेन्ड्स खेल पछि ११ अंकसहित तालिकाको दशौं स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले १० औं चरणमा आइपुग्दा तेस्रो जित आत्मसाथ गर्न सफल भयो ।
पराजित भएको संकटा भने १५ अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ । ए डिभिजन लिगमा बिहीबार दुई खेल हुनेछन् । एन्फा मुख्यालयमा हुने खेलमा थ्री स्टार र हिमायन शेर्पा आमने सामने हुनेछन् भने दशरथ रंगशालामा चर्च ब्वाईज र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।