
✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।कोलोराडोमा सकृय नेपालीभाषी समुदायको जेठो संस्था रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालको २४ औं साधारण सभा तथा नव निर्वाचित कार्यसमितीलाइ पदभार हस्तान्तरण कार्यक्रम यही अप्रील १३ तरिक आयोजना हुने भएको छ ।
नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा अप्रील १३ तारिक आइतबार दिउसो २ बजे देखी ४ बजे सम्म संस्थाको हालै सम्पन्न निर्वाचनबाट सर्वसम्मत तरीकाबाट निर्वाचित पदाधिकारीहरुको नाम घोषणा, पदभार हस्तान्तरण तथा सधारणसभा हुनलागेको हो । साधारणसभामा अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम रहेको बताइएको छ ।
रकी माउन्टेण्ड फ्रेन्डस् अफ नेपालका अध्यक्ष अर्जुन बगालेले संस्थाको सबै सदस्यहरू, संघ संस्थाका प्रतिनीघी बुद्धीजिवी, समाजसेवी, गन्यमान्य तथा पत्रकार सबैलाइ बिभिन्न सामाजिक संजालका माध्यमबाट कार्यक्रममा उपस्थितीकोलाइ निम्ता पठाइ सकिएको र कुनैकारणबस निम्ता प्राप्त नभएको भए यसैलाइ अधार मानि उपस्थित भई कार्यक्रमलाई भब्य र सब्य तरिकाबाट सफल बनाउन सहयोग गरिदिन हुन अनुरोध गरेका छन् ।
संस्थाको हालै सम्पन्न निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष महासचिव, कोषाध्यक्ष तथा महिला कोर्डिनेटरमा क्रमश आकृती राई अधिकारी, हरीबहादुर गुरुङ, तेजप्रसाद ढकाल, शुनीता अधिकारी र रमीता तुलाधर निर्बिरोध निर्वाचित भएका छन् । त्यसैगरी निर्वाचित अन्य बोर्डअफ डिरेक्टरहरुमा सन्तोष विश्वकर्मा र बिष्णु बिक रहेका छन् ।
संस्थाको निर्वाचन संम्पन्न गर्न संस्थाका पूर्व अध्यक्ष तथा समाजसेवी नबिन दत्तको संयोजकत्वमा राज ढुंगाना र दीपा भट्टराई रहेको ३ सदस्सिय निर्वाचन समिती गठन गरिएको थियो ।
संस्थाले कोलोराडोमा नेपाली भाषा संस्कृती संरक्षणका लागी दशैं, नयां बर्ष लगायत बिभिन्न चाडपर्वहरुमा सांस्कृतीक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । त्यसै गरी संस्थाले नेपाल र नेपालीको पहिचाहनकोलागी नेपाली परेड, समर पिकनिक लगायतका कार्यक्रम आयोजना गर्ने, नेपाली समुदायको हकहितकोलागी स्थानिय सरकार संग समन्वय गर्ने, नेपाली समुदायका सदस्यहरुलाई सहयोग आवश्यक परेमा अन्य संघ संस्थाहरु संग हातेमालो गर्दै सहयोग जुटाउने जस्ता कार्यक्रम गर्दै आईरहेको छ ।