कोलोराडोमा दशैं तिहार शुभकामना कार्यक्रम सम्पन्न ।
✍️नातिबाबु भट्ट,कोलोराडो अमेरीका।नेपालीहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा कोलोराडो निवासी नेपालीभाषीहरु एकैठाउमा जम्माभई एक आपसमा शुभकामना आदान प्रदान, देउसी भैलो र सांस्कृतिक कार्यक्रमका साथ महान चाड मनाएका छन् ।
नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा यहां स्थित सबै नेपालीभाषीहरुको सहभागीतामा यही अक्टोबर १९ तरिक आइतबार नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शुभकामना आदान प्रदान, देउसी भैलो र सांस्कृतिक कार्यक्रमका साथ दशै तिहार शुभकामना कार्यक्रम सम्पन्न गरेका हुन ।
नेपालीभाषीमाझ भाषा, संस्कृती, पहिचान र रितीरिवाजलाइ निरन्तरता दिदैआएको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालले हरेकबर्ष दशैंतिहार शुभकामना सांझ कार्यक्रम आयोजनागर्दै आएको थियो । यसबर्ष भने मातृभुमीमा हालै भएको जेनजी आन्दोलनका क्रममा ज्यान बलिदान दिएका सहिदहरुको सम्मान र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनागर्दै सांस्कृतिक सांझ कार्यक्रमलाई स्थगीत गरी एकता, भातृत्व र संस्था सवलीकरणका लागी शुभकामना आदान प्रदान र देउसी भैलो र सांस्कृतिक कार्यक्रम गरिएको हो ।
जन्मभुमी तथा कर्मभुमीको राष्ट्रियगान गाउदै शुरुगरीएको कार्यक्रम दिउसो २ बजेदेखी सांझ ५ बजेसम्म संचालन भएको थियो । कार्यक्रमका प्रमुख अतिथी रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको प्रथम महिला अध्यक्ष निलम श्रेष्ठको प्रमुख आतिथ्यता, हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ र समाजसेवी प्राध्यापक डा.विजयराज शर्माको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रम प्रमुख अतिथी विशेष अतिथीहरुले संयूक्तरुपमा पानसमा बत्ती बालेर उद्धाटन गरी अगाडी बढाएका थिए ।
कार्यक्रममा मातृभुमी नेपालमा हालैभएको आन्दोलनबाट ज्यानगुमाएका बिर सपुतहरुको संझनामा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा संस्थाका कार्यसमितीका पदाधिकारीहरुले कार्यक्रमका प्रमुख अतिथी निलम श्रेष्ठलाइ सम्मान र बिशेष अतिथीहरुलाइ खादा र पुष्पगुच्छाले स्वागत गरेका थिए । यसैगरी कार्यक्रमलाइ प्रमुख अतिथी विशेष अतिथी र अतिथीहरुले आ आफ्नो मन्तब्य राख्दै महान चाडको उपलक्ष्यमा शुभकामना दिएका ब्यक्त्त गरेका थिए ।
कार्यक्रमको दोश्रोचरणमा गीत संगीत सहितका मनोरञ्जनका कार्यक्रम आयोजना गरिएको थियो । जहां संझना पाण्डे लगायतका कलाकारहरुले गीत र नृत्य प्रश्तुतगरेका थिए भने मनोजकाजी तुलाधरले कुशल तरिकाले सेक्सोफोन बजाइ दर्शक श्रोताको मनजित्न सफल भएका थिए । कार्यक्रमलाइ थप मनोरञ्जन प्रदानगर्न सहभागीहरु बिच क्वीज प्रतियोगीता समेत गरिएको थियो ।
संस्थाको अध्यक्ष आकृती राइको अध्यक्षतामा सम्पन्न कार्यक्रम संस्थाको बोर्डअफ डिरेक्टर बिष्णु बिबेकले संचालन गरेका थिए भने, उपाध्यक्ष हरी गुरुङले कार्यक्रममा उपस्थितभइ कार्यक्रमलाइ सफल बनाउन सहयोग पुर्याउने सबैलाइ धन्यवाद दिएका थिए । कार्यक्रमको अन्यमा संस्थाका पदाधिकारीहरुले घर घरमा तयार पारेर ल्याएका सेलरोटी लगायतका मिठा परिकार बितरण गरिएको थियो ।