कोलोराडोमा विभिन्न कार्यक्रम संगै समर पिकनिक आयोजना गरिने ।
नातिबाबु भट्ट कोलोराडो, अमेरिका । जुलाई १० ,२०२१ अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरु बिच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आगामी जुलाई २५ तारीक आईतबारका दिन समर पिकनिक कार्यक्रम आयोजना गरिने भएको छ ।
रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा तथा कोलोराडोमा सकृय संघ संस्था, व्यवसाही, बुद्धीजिवी लगायतका दाताहरुको सहयोगमा समर पिकनिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।
स्थानीय नर्थग्लेन सिटीको रमणिय पार्कमा आयोजना गर्न लागीएको पिकनिक कार्यक्रममा स्थानीय नेपाली, नेपाली भाषी भुटनिज तथा नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीयहरु सबैलाई सहभागी हुन रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष टिका पौडेले अनुरोध गरेका छन् ।
दिउसो ४ देखि ९ सम्म 11801 Community Center Drive Northglenn , Co 80233 मा आयोजना गर्न लागिएको कार्यक्रममा संस्थाले बिभिन्न मितीमा आयोजनागरेको गल्फ, टेनिस, भलीबल बाई साईकल रेस लगायतका प्रतियोगितामा विजयी खेलाडीहरुलाइ ट्रफी तथा प्रशंसा पत्र प्रदान गरि सम्मान गरिने कार्यक्रम समेत रहेको बताईएको छ ।
त्यसैगरी भलिबलको फाईनल प्रतियोगीता, महिला तथा बाल बालिकाहरुलाई मनोरञ्जन प्रदानगर्ने बिभिन्न प्रकारका खेलकुद कार्यक्रमहरु सोही समयमा आयोजना गरिने बताईएको छ । कोलोराडोमा नेपाली समुदायको पहिलो संस्था रकी माउन्टेनले बिगत लामो समय देखि समर पिकनिक आयोजना गर्दै आएकोमा गत बर्ष भने कोभिडका कारण सम्पन्न हुन सकेको थिएन । दुई बर्षको अन्तरालमा आयोजना हुनलागेको नेपाल र नेपालीहरुको एक आपसमा समन्वय तथा सद्भाव बढाउने यस कार्यक्रमलाई ब्यापक रुपमा प्रचार प्रसार गरि सबैलाई खवर पु¥याई कार्यक्रम सफल बनाउन सहयोग गरि दिनुहुन संस्थाले सबै संग अनुरोध गरेको छ ।
कार्यक्रममा संस्थालाई सहयोग स्वरुप न्यूनतम शुल्कको व्यावस्था गरिएको छ । जसमा ब्याक्तिगत, १० डलर, दम्पतीको १५ र एक परिवारको २० डलर तोकिएको छ ।