कोलोराडोमा आयोजित समर पिकनिकमा राजु परियार।

✍️नातिबाबु भट्ट,अमेरीका कोलोराडो।कोलोराडोमा रहेका नेपालीहरु बिच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिकमा चर्चित लोक तथा दोहोरी गायक द्वय राजु परियार र चन्द्र शर्मा सहभागी भएका छन् ।

रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा र्नथग्लेन स्थित रमणीय पार्कमा आइतबार दिउसो २ बजे देखी ७ बजेसम्म आयोजित कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, बुद्धीजिवी, समाजसेवी, साना बाल बालिका, व्यवसायी ,पत्रकार, गन्यमान्य तथा नेपालीभाषी बा आमा, दाजुभाइ, दिदीबहिनीहरुको माझ कलाकार द्वय सहभागी भएका हुन् ।

नेपालीभाषी समुदायको पीकनिकमा सहभागी कलाकार द्वय राजु परियार र चन्द्र शर्मालाइ पीकनिक आयोजक संस्था रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका पदाधिकारीहरुले फुलका गुच्छा, खादा पहिर्याइ मायांको चिनो प्रदानगरी सम्मान गरेका थिए । कार्यक्रममा कलाकार राजु परियारले सम्बोधन गर्दै प्रवासमा रहनु भएका नेपाली दाजुभाइ दिदी बहिनीहरुको जमघटमा सहभागी हुनपाउदा ज्यादै खुसी लागेको बताउदै, नेपाली नेपाली बिच  आपसमा समन्वय, सद्भाव र एकता सधै कायम रहोस भन्दै मातृभुमीलाइ संझिरहन  सबैलाइ अनुरोध गरे ।

त्यस्तैगरी पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सकृय सहभागिता गराउन बाल बालिकाहरुलाई बिष्कुट खाने खेल,Head shoulder knee toe र अन्य सहभागीहरुलाइ  घैटो फुटाउने खेल लगाएतका बिभिन्न खेल खेलाइको थियो । खेलकुद प्रतियोगितामा प्रथम , द्धितिय र तृतिय हुने बिजयी प्रतियोगीहरुलाई आयोजक संस्थाका अध्यक्ष आकृती राइले पुरस्कार प्रदान गरि सम्मान गरेकी थिइन् ।

बाल बालिका, बृद्ध, बृद्धा, युवा युवती सबै उमेरका व्यक्तिहरुको उत्साह जनक उपस्थिती रहेको उक्त कार्यक्रममा  नेपालीको पहिचाहन झल्कने पोषाक लगाएर आउने मानिसहरुको उपस्थिती उलेख्य रहेको थियो । ठूलो तालको नजिक रमणीय पार्कमा आयोजित कार्यक्रममा उपस्थित केही तालको परिक्रमा गर्दै मनोरञ्जन लिएका थिए ।

पीकनिकमा बितरित केही खानाको परिकारहरु स्थानिय रेष्टुरेन्टहरुले सौजन्य उपलब्ध गराएका थिए भने, केही संस्थाका कार्यसमितीका पदाधिकारीहरुले घर घरमा तयार पारी ल्याएर बितरण गरेका थिए । कार्यक्रममा खाना तथा नगद  सहयोग गर्नेहरुको नाम पढेर सुनाइएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष आकृती राइले उपस्थित सबैलाइ स्वागत गर्दै यहां बसोवास गर्दै आएका नेपाली भाषी दाजुभाई दिदी बहिनीहरुलाई मनोरञ्जनका साथै  एकता, सद्धभाव र एक आपसमा सहयोगको भावना बिकास गर्न  पिकनिक आयोजना गरिएको बताएकी थिइन । त्यसेगरी संस्थाको महासचिव तेजप्रसाद ढकालले संचालन गरेको कार्यक्रममा कोषाध्यक्ष  शुनिता अधिकारीले कार्यक्रममा उपस्थित भइ पीकनिक सफल बनाउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिएकी थिइन् ।