कोलोराडोमा दशैं–तिहार शुभकामना सांझ कार्यक्रम आयोजना हुदै ।
✍️नातिबाबु भट्ट, कोलोराडो, अमेरीका ।हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको अवशरमा कोलोराडो निवासी नेपालीहरुले शुभकामना सांस्कृतीक सांझ कार्यक्रम आयोजना गरी एक आपसमा शुभकामना आदान प्रदान गर्ने भएका छन् ।
नेपालीहरुको साझा संस्था रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजना तथा कोलोराडोमा कृयाशिल संघ संस्था र दाताहरुको सहयोगमा कार्यक्रम आयोजना गर्न लागिएको हो । आगामी अक्टोवर ३० तरिक शनीबारका दिन ब्रुमफिल स्थित लेगेसी हाई स्कूल(2701 W 136th Ave.Broom Field,Co 80023) मा सांझ ५.३० बजेदेखि राती ९.३० बजेसम्म बिविध सांस्कृतिक कार्यक्रम मार्फत बडा दशैं तथा दिपावलीको शुभकामना आदान प्रदान गरिने संस्थाका अध्यक्ष टिका पौडेलले बताएका छन् ।
कार्यक्रममा गायक अनिश ओकिली र स्थानीय कलाकारहरु दिपक गौतम, संझना पाण्डे मनोजकाजी तुलाधर लगायतका कलाकारहरुको जोडदार प्रस्तुती रहने बताईएको छ । कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनीधी, गन्यमान्य, व्यावसायी, बुद्धीजिवी, कलाकार, साहित्यकार, पत्रकार, नेपाल र नेपाली प्रति सद्भाव राख्ने स्थानीय अमेरीकीहरु तथा सर्बसाधारण सवैलाई कार्यक्रममा सहभागी भई नेपाल र नेपालीको संस्कृती संरक्षण र पहिचाहनमा सहयोग गर्न अध्यक्ष पौडेलले चुले निम्तो गरेका छन् ।
सबै नेपालीहरु एकै ठाउंमा भेला भई सां¨ितीक कार्यक्रमका साथ आपसमा भलाकुसारी गर्दै महान चाड विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदानगर्न पाउने महत्वपुर्ण अवसर भएकोले आÏना साथी भाई ईष्ट मीत्र , छर छिमेक, सबैलाई खवर गरी कार्यक्रमलाई सफलताका साथ सम्पन्न पार्न सहयोग गरिदिन हुन समेत सबैलाई अनुरोध गरिएको छ । संस्थाले बिगत दुई दशक देखि हरेक बर्ष दशै तिहार कार्यक्रमको आयोजना गर्दै आएको छ ।