रोकिएको कोरिया जाने प्रक्रिया तत्काल सुरु हुँदै, रोस्टरक‍ो अवधी ६ महिना थपिने ।

✍️जीवन खत्री, मंसिर १८, सउल । कोरोना माहामारीका कारण कोरिया जानेहरूको रोकिएको काम पुन सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टैनै सुरु हुने भएको छ । त्यस्तै कोरियन भाषा पास गरेर कोरिया जाने पर्खाईमा बस्नेहरूको २ वर्षे रोस्टरको समय अवधि सकिन लागेका बेला पुन ६ महिना थप्ने निर्णय पनि भएको छ । कोभिड १९का कारण प्रवासिहरूलाई कोरिया प्रवेशमा कडाई र नेपालको लकडाउन सँगै रोजगार अनुमति प्रणाली ईपिएस माध्यमबाट कोरिया आउनेहरूको सम्पूर्ण प्रक्रिया समेत स्थगन भएको थियो ।

बुधबार प्रवासी श्रमिक युनियन (एमटियु) र केसीटियुले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक बिभाग डाइरेक्टर लगायतसँग कोरियामा इपिएस अन्तर्गत प्रवासी श्रमिकका बारेमा छलफल तथा र‍ोकिएका सम्पूर्ण प्रक्रियाहरू सञ्चालन गरी कोरोना महामारीको कारणले प्रवेशमा रोक लगाएको श्रमिकको प्रवेश गराउने बारेमा छलफल भएको थियो । छलफल पश्चात ६ महिना रोस्टर अवधी बढाउने र रोकिएका प्रकृयाहरू पुन सञ्चालन गरि प्रवासी मजदुरहरू ल्याउन पहल थालिने निर्णय भएको छ ।

छलफलमा एमटीयूले कोरिया आउन रोकिएका प्रवासी श्रमिकलाई चाँडो ल्याउने ब्यबस्था गर्नु पर्ने, कोरोनाको कारण आउन नपाएर रोस्टरमा हुनेको २ बर्ष अवधि सकिन लागेको श्रमिकको समय अवधि थप्नु पर्ने, श्रमिक बिदामा गएको समयमा कम्पनी मालिकले सम्झौता रद्द गर्न नमिल्ने, श्रमिकलाई गरिने शोषण रोक्नु पर्ने लगायतको कुरामा जोड दिएको थियो ।

छदफलमा उपस्थित मन्त्रालयका अधिकारीले कोरोना माहामारीको कारण गत मार्च महिनादेखि नया प्रवासी श्रमिक ल्याउन बन्द गरिएकोमा गत महिनादेखि कम्बोडियाबाट ल्याउन सुरु गरिएको बताए । अब छिट्टै नेपाल लगायत अरु देशबाट पनि ल्याउने व्यवस्था मिलाइने  र अवधि सकिन लागेको श्रमिकको ६ महिना समय अवधि थप गरिने कुरा बताए । २०२० को ५६ हजार कोटा मध्ये ३३,१००(५९.१%) अनुमति पत्र जारी गरिएको थियो भने अक्टोबर सम्ममा ६,०७४ जना मात्र नयाँ प्रवासी मजदुर कोरिया प्रवेश गरेका छन् ।