रोमानियामा प्रकाश सपुतमाथि स्टेजमै आक्रमण
काठमाडौं । नेपाली समुदायले आयोजनामा गरेका कार्यक्रममा सहभागी बन्न रोमानिया पुगेका गायक प्रकाश सपुतमाथि स्टेजमै आक्रमण भएको छ ।
सामाजिक सञ्जालमा भेटिएको भिडियो क्लिपमा गएराति स्टेजमा सपुतले ‘बोलमाया’गाउदै गर्दा उनलाई दर्शकदिर्घाबाट बोतल प्रहार भएको देख्न सकिन्छ । पानी या क्यान वियरको बोतल जस्तो देखिने सो वस्तु प्रकाशको देब्रे भोगको गालामा लागेपछि प्रकाशले गीत गाउन रोकेका थिए।
कार्यक्रममा सहभागी एक दर्शकका अनुसार मदिरा सेवन गरेर आएका एक दर्शकले बोतलले हिर्काएको बताएका छन् । प्रकाशको अवस्था भने सामान्य रहेको छ ।