बेलायतले रुसबिरुद्ध लड्न युक्रेनलाई  ६ हजार क्षेप्यास्त्र सहयोग गरेकोछ ।

एजेन्सी । युक्रेनलाई अमेरीका र नेटोले रुस विरुद्ध प्रयोग गरेको र पूर्वी युक्रेनमा रुसी भाषी १४ हजार नागरिकको हत्या गरेको भन्दै युक्रेनमा बिशेष सैन्य अभियान घोषणा गरेको रुसबिरुद्ध लड्न बेलायतले ६ हजार क्षेप्यास्त्र पठाएको छ । यस अघि अमेरीकाले पनि हजारौँ स्टींगर र अन्य क्षेप्यास्त्र पठाईसकेको छ । सोही हतियारको भरमा रुस बिरुद्ध युक्रेनले युद्ध लड्न सक्षम हुँदै आएको छ ।

यसरी व्यापक मात्रामा अमेरीका र युरोपको हतियार पाँउदै आएको युक्रेनको पक्षमा लड्न २० हजार बढी विदेशी नागरिक पनि सामेल भएका छन् ।

दुबै पक्षको लँडाई थप भीषण बन्ने खतरा बढेको छ । करीब एक महिना चलेको युद्धमा ८ सय बढी सर्वसाधारणको ज्यान गएको छ भने हजारौँ सेनाको पनि मृत्यु भएको छ ।
यस युद्धबाट करीब ३५ लाख मानिस युक्रेनबाट पलायन भएका छन् ।

रुसले युक्रेन नेटो सदस्य बन्न नहुने जस्ता शर्तहरु राखेर बार्ता गरीरहे पनि अझै निष्कर्ष निस्कन सकेको छैन ।
युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले युक्रेनले आत्मसमर्पण नगर्ने भन्दै अन्तिम सम्म लडिरहने चेतावनी दिएका छन् । युद्ध अझै लम्विने खतरा देखिरहेका बेला मारीयोपोल लगायतका क्षेत्रमा ठूलो मानवीय संकट बढ्दै गएको छ ।