रुसले शुरु गर्‍यो कोरोना भाइरस विरोधी खोपको उत्पादन

मस्को (रुस) । रुसले कोरोना भाइरसको संक्रमणविरोधी खोपको उत्पादन शुरु गरेको छ । रुसको निजी क्षेत्रको समाचार संस्था इन्टरफ्याक्सले स्वास्थ्यमन्त्रीको भनाइ उद्धृत गर्दै शनिवार यस्तो समाचार छापेको हो ।

समाचारअनुसार स्पुतनिक भी नामक सो खोपको पहिलो ब्याचको उत्पादन शनिवार शुरु गरिएको छ । उत्पादन शुरु भएको यो विश्वकै पहिलो कोरोना भाइरसविरोधी खोप हो ।

खोप यस महीनाको अन्तिममा कोभिड–१९ का बिरामीहरुको उपचारमा खटिरहेका डाक्टरलगायत स्वास्थ्यकर्मीहरुमा प्रयोगका लागि उपलब्ध गराइने रुसले बताएको छ । २ महीनाभन्दा कम समयको परीक्षणपछि रुसले खोपलाई अनुमति दिएको हो ।