
काठमाण्डौँ – राजु ढकाल र देवी घर्ती मगर (दुवै)तनहूँका शान हुन् । उद्यपी, बाग्लुङमा जन्मेकी देवी तनहूँकी बुहारी हुन् । उनीहरुलाई अचेल दोहोरी क्षेत्रकै नमूना जोडीको रुपमा हेरिन्छ । कतिपयले रादे जोडीको रुपमा पनि सम्बोधन गर्छन् ।
यहि जोडीले ‘सान्नानी’बोलको दोहोरी गीत सार्वजनिक गरेका छन् । देवी घर्ती मगरको यूटुवबाट सार्वजनिक गीतमा राजु र देवीको मधुर स्वर सुन्न सकिन्छ । यो गीत नरेश खाती (क्षेत्री)ले सृजना गरेका हुन् ।
प्रेमिल जोडी बिचको समर्पण भाव व्यक्त गरिएको गीतको भिडियोमा लोमस र समिक्षाले रोमान्स गरेका छन् । भिडियोको निर्देशन अवि वाग्लेले गरेका छन् ।
दोहोरी साँझ हुदै स्थापित बनेका रादे जोडीले सामाखुसीमा न्यू ट्रान्जिट रेष्टुरेन्ट समेत संचालनमा ल्याएका छन् ।