समाजवाद पुजीवादको विकल्प होइन,विकासक्रमको चरण हो ।
प्रदिप सुनुवार -काठमाण्डौ

समाजवादी व्यवस्थालाई धेरैको बुझाईमा पुजीवादी व्यवस्थाको विकल्पको रुपमा हेरेको पाईन्छ। तर यस अर्थमा नभएर समाजवाद मानव सभ्यताको विकास क्रममा आउने एउटा चरण हो। यो एउटा प्रक्रिया अनुरुप आउने व्यवस्था हो। हामीले एैतिहासिक घटनाहरुलाई मध्यनजर गर्दा पनि यो विषय स्पष्ट हुन्छ। मानव जातिले प्रार्ग एेतिहासिक लाई छोडेर पनि जातिको सभ्यता सुरुवात भएको (५०००) वर्ष भैसकेको छ। त्यहाँ बाट आज सम्म आइपुग्दा चौथो चरणमा छौ ।

१) प्राचीन काल  २)मध्यकाल  ३)आधुनिक काल  ४)उत्तर आधुनिक काल
सामाजिक व्यवस्थाहरु श्रमको आधारमा नै विकास हुन्छ। उत्पादक शक्ति र उत्पादन सम्बन्ध बीच बाट विकास हुने सम्बन्ध नै सामाजिक व्यवस्था हो। यो सामाजिक व्यवस्थाहरुको अवधि लामो वा छोटाे पनि हुनसक्छ , तर अवश्य नै यो परिवर्तनशिल र गतिशील हुन्छ। समाज विकास क्रममा निजि स्वामित्वको पनि आफ्नै भुमिका देखिन्छ। निजि स्वामित्वको पनि ऎतिहासिक महत्त्व छ।यसले आफ्नो चरण पार गरेपछि स्वत : आफै उन्मुलन हुन्छ। उत्पादनको उच्च विकासको क्रममा निजि स्वामित्वको अस्तित्व कम हुँदै जान्छ।
यी युगका कालखण्डमा आफ्नै प्रकारको सामाजिक व्यवस्था रहेको पाइन्छ ।
१)आदिम साम्यवाद (नीर वर्गीय समाज)  २)दास व्यवस्था  ३)सामन्तवाद
४)पुजीवाद   ५)समाजवाद ६)साम्यवाद
समाज निम्न अवस्था बाट उच्च अवस्था तिर जाने क्रममा देखिने रुप हो समाजवादी व्यवस्था । समाजवादि व्यवस्था पुर्ण रूपमा लागू हुनका लागि पुजीवादी व्यवस्थाको निर्णायक भुमिका रहेको हुन्छ।

उत्पादक शक्ति र उत्पादन सम्बन्ध बीच बाट
विकास हुने सम्बन्ध नै सामाजिक व्यवस्था हो।  
यो सामाजिक व्यवस्थाहरुको अवधि लामो वा छोटाे पनि हुनसक्छ ,
तर अवश्य नै यो परिवर्तनशिल र गतिशील हुन्छ।

इतिहासको केही एकाइमा समाजवादलाई पनि काल्पनिक रुप दिएको थियो । जो कल्पनावादी समाजवादिहरु मध्ये एक बेलायती राजनीतिज्ञ तथा विचारक थोमस मुर(सन १४७८-१५३५) थिए ।
उनले आफ्नो पुस्तक (उतोपिया) मा मानिसहरूको बीचमा समानता र उनीहरुको सुख,उनीहरुको शारीरिक एवम् बौद्धिक विकास ,सामाजिक न्याय तथा सामाजिक व्यवस्थाको कुशल संचालन -यी सब कुरा त्यस बेलासम्म असम्भव हुन्छ ।

जबसम्म व्यक्तिगत सम्पत्तिको अस्तित्व रहनेछ र बहुसंख्यक जनताले सिर्जना गरेको सम्पदा मुठ्ठीभर मान्छेको हातमा केन्द्रित हुनेछ भन्ने विचार प्रतिपादन गरेका थिए । यस्तै गरेर इटालीका कल्पनावादी तोम्माजो कम्पानेला(१५६८-१६३९),फ्रान्सका जान मेल्ये(१६६४-१७२९),सेन-सिमोन(१७६०-१८२५), फ्रन्सुआ शार्ल फुरेये(१७७२-१८३७) हुँदै बेलायती अर्का कल्पनावादी रोबर्ट ओबेन(१७७१-१८५८) उनी काल्पनिक समाजवादी मध्य जो मजदुर आन्दोलन शीत प्रत्यक्ष जोडिएका थिए ।उनका अनुसार अज्ञानता ,मानव मस्तिष्कका भ्रमहरु नै पुजीवादी सामाजिक अन्तरविरोध हरुका वास्तविक कारण हुन भन्ने उनको विश्वास थियो। यहाँ सम्म आइपुग्दा यसले समाजवाद लाई काल्पनिक बाट वैज्ञानिक बनाउनमा ठुलो योगदान गर्‍यो ।

जस कारण कार्ल माक्स र फ्रेडरिख एङ्गेल्सको वैचारिक श्रोत बनेको थियो ।माक्र्सले त्यो समयको भौतिक परिवेशका आधारमा समाजवादको बाटो तर्फ जाने एक प्रकारको विधि निर्माण गरेका थिए । तर त्यो सफल हुनसकेन। माक्र्सको विश्लेषण अनुसार विश्वभर एकैपटक समाजवादी क्रान्ति सम्पन्न हुन्छ भन्ने थियो। यही विश्लेषण गलत छ भन्दै लेनिनले जुन मुलुकमा औधोगिक क्रान्ति सम्पन्न भएको हुन्छ त्यहाँ मात्रै समाजवादी क्रान्ति संभव छ भन्ने उनको विश्लेषण ठिक देखियो र क्रान्ति सम्पन्न पनि भयो।

समाजवादको अर्को भाव भनेको उत्पादनमा प्रचुरता वितरणमा समानता हो ।तर त्यो समय क्रान्ति सम्पन्न भएतापनी मानव श्रममा आधारित उत्पादन प्रणालीले गर्दा ,आवश्यकता अनुसारको उत्पादन नहुदा ,पनि यो व्यवस्थाले निरन्तरता पाउन सकेन।

यसैगरी चीनमा पनि माओले आफ्नो देशको भौतिक परिवेशको सहि विश्लेषण गर्दै अर्ध सामन्ती र अर्ध उपनिवेशको परिस्थितिमा पनि क्रान्ति संम्भव भएको पुष्टि गरिदिए। करिब आज भन्दा २००वर्ष अघि निर्माण गरेको समाजवादको विधि र लक्ष्य २१ औ शताब्दी सम्म आइपुग्दा यसको सान्दर्भिकता कति हो। यसमा भएको कमि कमजोरी र यसको आधारभूत विषय के हो भन्ने तर्फ जानूपर्छ होला। आज भोलि बजारमा समाजवाद विषयका बहसहरु अध्यन गर्न पाउँदा।यदा कदा निराशाजनक व्याख्या बढी पाइन थालेको छ।

अर्को कुरा विगतमा जस्ले समाजवादको विषयमा आफ्नो धेरै समय यसमा दिए एउटा खोज मार्फत नयाँ सिद्धान्त निर्माण गरे । त्यहाँ रहेको त्रुटिहरुलाई सुधारदै जानुपर्छ , इतिहासको आलोचना होइन त्यहाँबाट सिक्न आवश्यक हुन्छ, विगतको आलोचना व्यर्थ हुन्छ। इतिहासमा धेरै समाजवादी क्रान्ति सम्पन्न र सफल भए तर दिगो समय सम्म टिक्न भने असफल रहेको थियो । यसको मतलब हामीले समाजवादको आवश्यकता अनुभुती गर्नुपनि गलत हो भने झैं भएको छ आजभोलि । हिजोको समाजवादी मुलुकहरू ढल्नको पछि पनि केही कारणहरु रहेका छन । समाजवादको अर्को भाव भनेको उत्पादनमा प्रचुरता वितरणमा समानता हो ।तर त्यो समय क्रान्ति सम्पन्न भएतापनी मानव श्रममा आधारित उत्पादन प्रणालीले गर्दा ,आवश्यकता अनुसारको उत्पादन नहुदा ,पनि यो व्यवस्थाले निरन्तरता पाउन सकेन।

प्रचुर उत्पादन नभएपछि वितरण सोत असमान हुने नै भयो। फेरि त्यो व्यवस्था उठ्नु सक्दैन भन्ने पनि छैन नि। पुजीवादको केही चरणहरुलाई हेर्दा सुरुवातमा संरक्षणवादी (व्यापारीक) पुजीवाद हुँदै प्रतिस्पर्धाि चरणमा आइपुग्दा अब पुजीवादको अन्त्य नै भयो भन्ने लागेको थियो । तर कारणवस दोस्रो विश्वयुद्ध पश्चात् प्रतिस्पर्धाि चरण बाट पुजीवादले एकाधिकारि रुपलिन पुग्यो। केही घटनाहरुको विश्लेषण बाट धेरै घटना शीत तुलना गर्नु न्यायपूर्ण हुन सक्दैन । दोस्रो विश्वयुद्धपछि पुजीवाद र समाजवादको बीचमा कायम हुन गएको नयाँ शक्ति सन्तुलनले समाजवादमा शान्तिपूर्ण तरिकाले संक्रमण गर्ने सम्भावनालाई निकै व्यापक बनाइ दिएको छ।

पुजीवादी व्यवस्थाको विकल्प समाजवाद होइन बरु यो त पुजीवादी व्यवस्था उन्नत चरण पार गरेपछि आउने व्यवस्था हो। हिजोको विधि अनुसार आजको परिवेशमा सामाजवाद तर्फ उन्नमुख हुने कुरा निरर्थक हुनेछ । समाजवादको लक्ष्य के हो त भन्दा मुलतः पुजीवादी व्यवस्थाले भनेको कुराहरू लाई यथार्थमा बदल्ने मात्रै हो। साच्चै आजको व्यवस्थाले जति अधिकार ,स्वतन्त्रता ,लोकतन्त्र,समानताको विषय छ। यसलाई यो व्यवस्थाले पुर्णरुप दिन सक्दैन ।

समाजवाद गुणात्मक रूपमा एक नयाँ समाज हो। समाजवादी समाज सचेत रुपमा निर्देशित समाज हो। माक्र्सका अनुसार जब उत्पादक शक्तिमा परिवर्तन पश्चात् पुरानो उत्पादन सम्बन्धलाई भत्काएर नयाँ उत्पादन सम्बन्ध निर्माण गर्ने कार्य नै क्रान्ति हो।
माक्र्सले भनेका छन कुनै पनि समाजको विकासक्रम त्यहाँको दर्शनमा नभएर त्यो समाजको अर्थतन्त्रमा खोज्नुपर्दछ।

समाजवादको लक्ष्य के हो त भन्दा मुलतः पुजीवादी व्यवस्थाले भनेको कुराहरू लाई यथार्थमा बदल्ने मात्रै हो। साच्चै आजको व्यवस्थाले जति अधिकार ,स्वतन्त्रता ,लोकतन्त्र,समानताको विषय छ। यसलाई यो व्यवस्थाले पुर्णरुप दिन सक्दैन ।

वर्तमान परिवेश अनुसार उत्पादक शक्तिको रुपमा रहेको मानव श्रमको स्थानमा विज्ञान प्रविधिले लिइरहेको छ। यसको दुई रुप छ एकातिर प्रविधिको प्रयोग बाट उत्पादनमा गुणात्मक वृद्धि हुने हुँदा समाजलाई यसले सहजताको अनुभुती हुनेछ । अत्याधिक उत्पादन समाज समान वितरण सामुहिक स्वामित्वको निर्माण गर्ने कार्य समाजवादको हो। अर्को तर्फ मानव श्रमको स्थान प्रविधि र स्वचालित यन्त्रले लिने हुँदा अत्याधिक मानिसहरु बेरोजगार हुन पुग्ने खतरा पनि देखिएको छ। यसले शारीरिक श्रम मात्र नभए बौद्धिक कार्यभार पनि पूरा गर्ने  हुँदा । यो पनि मानव समाजको भवी चुनौती को विषय भएको छ।

पुजीवादी व्यवस्था बिना समाजवादको कल्पना गर्न अस्वभाविक हुनेछ। यसले तयार गरेको संरचनाको आधारमा नै समाजवाद स्थापित हुन्छ। पुजीवादी व्यवस्थामा दस प्रतिशत मानिसको हातमा विश्वको अर्थतन्त्र हुन्छ ,भने नब्बे प्रतिशत मानिसहरू त्यो अधिकार बाट बन्चित बन्न पुग्दछ। त्यसकारण सामुहिक स्वामित्वको स्थापना र निजीत्वको अन्त्य नै समान वितरणका लागि समाजवादको स्थापन हुनेछ ।