
✍️गौतम सागर राई अमेरिका,कोलोराडो।बुवा हरी बहादुर तमाङ र आमा माया तमाङको पहिलो सन्तानको रुपमा ३५ बर्ष अगाडी दोलखा जिल्लाको मेलुङ गाउँपालिका ४ मा एउटा साधरण किसान परिवारमा जन्मिएका सन्दिप लामाको थुप्रै जिन्दगीका संर्घषका कथाहरु छन।उनले माध्यमिक तहको शिक्षा गाउँमै लक्ष्मी माध्यमिक बिघालयबाट पुरा गरे पछी उच्च शिक्षाको लागि लामा उज्यालो भबिष्य खोज्दै काठमाण्डौ पसे ।
बाँच्नको लागी उनले काम गर्नै पर्ने थियो त्यसैले शुरु गरे होटलमा भाडाँ माझ्न,उनले त्यही काम गर्दै कसरी खाना बन्छ र बनाईन्छ त्यो पनि बिस्तारै सिक्दै गए अनि भाडा माझ्ने लामा त्यही कुक बने।काठमाण्डौमा काम गर्दा गर्दै कुकको लागि पोखराबाट अफर आयो राम्रै पैसा सेवा सुविधा पाउने भए पछी उनी पोखरा हानिए ।त्यहाँ केही समय काम गरेपछी केही पैसा जम्मा पारे साथी आयुस संग मिलेर पोखरामै आफ्नै स्टेसन रेष्टुरेण्ट खोलेर चलाउन थाले रेस्टुरेण्ट राम्रो चल्न थाल्यो काठमाण्डौमा छुटेका आफ्नो अध्ययनलाई पोखरा बहुमुखी क्याम्पस बाट अगाडी बढाउन थाले ।
जिन्दगीका यात्राहरु राम्रै संग चलिरहेको थियो साच्चै उनलाई पोखराले राम्रो संग फाप्यो त्यही हुदाँ पोखरेली गुरुङ चेली संग प्रेम बस्यो अनि लगनगाठो कसे प्रमाण पत्र तहको अध्ययन पुरा गरे रेष्टुरेण्ट पनि राम्रो चलिरहेको थियो त्यही क्रममा जिन्दगीको मोडले अर्को बाटो रोज्यो।२०१२ मा सबैको सपनाको देश अमेरिकाको डि.भि पर्यो अनि लामा आफ्नो परिवार सहित अमेरीका उड़े।
२०१२ मा अमेरिकाको कोलोराडो राज्य आएपछी आफू संग भएको सिप ज्ञानलाई लामाले रेस्टुरेण्टमै सदुपयोग गरे।सुरुमा नमस्ते रेस्टुरेण्डमा कुक बाट काम गरेका लामा यति बेला केही बर्ष देखी केही साथीहरु संग मिलेर कोलोराडो राज्यको बोल्डर शहरमा टिफिन ईन्डिया रेस्टुरेण्ड सञ्चालन गरिरहेका छन । हाल पनि उनी सो रेस्टुरेण्डको मेन कुक हो।लामा भन्छन कुक भनेको ग्राहकहरुको जिप्रोको स्वादलाई खानेकुराहरुको परिकार बाट कलात्मक रुपले पकाएर सन्तुस्टी दिनु हो।हाल यो रेस्टुरेण्ट राम्रो चलिरहेकोछ लामा बितेका संर्घषका दिनहरु सम्झिदै खुशी हुन्छन सबै भन्दा ठुलो मेहनत र ईमान्दारी हो भन्छन ।
लामा आफ्नो व्यावसाय काम संगै समाज सेवामा पनि तल्लिन छन ।हाल उनी तामाङ सोसाईटी अफ अमेरिकाको केन्द्रिय सदस्य पनि हुन ।अब कसरी रेस्टुरेण्ट ब्यावसायलाई अझ राम्रो गरेर अगाडी बढाउन सकिन्छ भनेर लामाले सोचिरहेका छन आफ्नो प्रिय मित्र युवा ब्यावसायी बसन्त लामाबाट प्रभावित छन लामा निकट भबिष्यमा रेस्टुरेण्ट ब्यावसायलाई अझ नयाँ तरिकाले अगाडी बढाउने योजना सन्दिप लामाले बताउछन ।