संकटको संघारमा अल्पसंख्यक भाषा

काठमाण्डौ। ‘ यागन भाषा बोल्ने म नै एक्लोवक्ता हुँ’ भावुक र बेचैन मुद्रामा बोलिरहेकीक्रिस्टिना काल्डेरोनको अभिव्यक्ति हो यो ।उनकी दिदीको केही वर्षअघि निधन भएपछिउनीसँग बोल्ने अर्को व्यक्ति कोही छैनन् ।अहिले उनी ९१ वर्षकी भइन् ।  उनकोदेहावसानपछि एकै रक्त समूहअन्तर्गतकोअर्को व्यक्ति कोही हुने छैनन्, दुनियाँमा ।

ब्राजिलको आदिवासीले बोल्ने ‘अपिया’ भाषाको वक्ता पनि एकजना मात्र जीवितछन् । उनको अन्त्यसँगै त्यो भाषा सधैँकालागि लोप हुनेछ । क्यालिफोर्नियामा बोलिने‘चेमेहुवेभी’ आदिवासी भाषाको वक्ता जम्मातीनजना छन् । क्यामरुनमा बोलिने ‘विक्या’ भाषाको वक्ता पनि चारजना मात्र छन् ।विभिन्न अध्ययनले झन्डै सात हजारकोहाराहारीमा बोलिने भाषा रहेको र हरेक दुईहप्तामा एउटा भाषा लोप हुने तथ्य  छ ।

नेपालमा अल्पसंख्यकको भाषा

नेपालमा एक हजारभन्दा कम वक्ता रहेकोअल्पसंख्यक भाषा झन्डै तीन दर्जन छन् ।जसमध्ये नेपाल नै मूल थलो मानिएकोअर्थात् रैथाने भाषाका रूपमा रहेका भाषाकोसूचीमा पनि एक दर्जनभन्दा बढी भाषा छन् ।ती भाषा ल्होमी (८०८ वक्ता संख्या), बेल्हारे(५९९ वक्ता संख्या), सोनाहा (५७९), ब्याँसी(४८०) राउटे (४६१) मनाङे (३९२), धुलेली(३४७) फाङ्दुवाली (२९०) सुरेल (२८७) बराम (१५५) लिङ्खिम (लुङ्खिम) (१२९), कागते (स्युवा) (९९) बनकरिया (६९) काइके(५०) कुसुन्डा (२८) हुन् ।

उल्लेख गरिएका भाषाका वक्ता जनगणनाकोतथ्यांकले देखाएभन्दा निकै कम रहेका छन् ।काइके मात्र अपवाद देखिन्छ जुन ०६८सालको तथ्यांकले उल्लेख गरेभन्दा बढीसंख्या देखिन्छ । काइके मगर भाषाकोसर्वेक्षण गरेपछि भाषाशास्त्री डा. अम्बिकारेग्मीले एक हजारभन्दा बढी वक्ता रहेकोतथ्य उजागर गरेका छन् । काइकेबाहेककाभाषामा भने ०६८ सालको जनगणनालेउल्लेख गरेको वक्ता संख्याभन्दावास्तविकतामा निकै कम छ । कुसुन्डा भाषाबोल्नेवक्ताको संख्या २८ जना नभएरज्ञानीमटैया, कमलाखत्री र भोजराज गौतमलेमात्र बोल्न सक्ने कुरा भाषाशास्त्री प्रा. माधवप्रसाद पोखरेलले बताउनुभएको छ । कुसुन्डाजातिले नै चाहिँ नबोल्ने यो भाषा संकटापन्नअवस्थाको भाषा हो ।

मैले पनि विभिन्न संघ-संस्थामार्फत नेपालमाबोलिने केही अल्पसंख्यक भाषाको अध्ययनगर्ने अवसर पाएको छु । करिब नौ वर्षअघिखोटाङ जिल्लाको च्यास्मिटारमा बोलिनेतिलुङ भाषाको सर्वेक्षण गर्न पुगेको थिएँ ।तिलुङ भाषा आधा दर्जनले मात्र बोल्ने गरेकोतथ्य फेला परेको थियो ।  बनकरिया भाषा६९ जनाले बोल्ने कुरा तथ्यांकमा उल्लेख छ ।तर यो जातिको संख्या हो । यो भाषाठूलीमाया, धोबे र सन्तमायाबनकरियाबाहेकले बोल्दैनन् । स्थलगतअध्ययनका क्रममा म र सिजर तामाङबनकरिया बोलिने मकवानपुर जिल्लाकोहाँडीखोला पुगेका थियौँ । बनकरिया भाषा रचेपाङ भाषाका बीच शाब्दिक तुलना गर्दा ८०प्रतिशतभन्दा बढी मिलेको पाइयो । बनकरियाचेपाङ भाषाको भाषिका नै भए पनि योभाषिका बोल्ने अन्तिम पुस्ता मात्र बाँकी छन् ।युवा र केटाकेटी कसैले बोल्दैनन् ।

हायू भाषा पनि १४६७ वक्ताले बोल्ने तथ्यांकभए पनि वास्तविक वक्ता त्यति धेरै छैनन् ।रामेछापको सुकाजोर र मुडाजोरमा एकदमकम वक्ता छन् । सिन्धुली जिल्लाकोकमलामाई नगरपालिकाअन्तर्गत आडमारा रकोन्द्रेमा यो भाषा राम्ररी बोल्छन् । यी ठाउँमायुवा र केटाकेटीले समेत बोल्ने गरेका छन् ।भाषा लोप हुन लागेको देखेर दुरा जातिलेजति धेरै चिन्ता अर्को कुनै भाषिकअल्पसंख्यक समुदायले गरेको मैले भेटेकोछैन ।  जनगणनाको तथ्यांकले २१५६ जनावक्ता रहेको उल्लेख गरे पनि दुरा भाषालगभग लोप भइसकेको भाषा हो । किनभने, यो भाषा बोल्ने दुरा समुदायमा छैनन्। योभाषा बोल्न सक्ने अध्येता मुक्तिनाथ घिमिरेहुनुहुन्छ । उहाँले  दुरा भाषाका स्रोत संकलनगर्नुभएको रहेछ ।  दुराभाषाको वक्ता एवंअध्येताका रूपमा छन् । उनी अहिले ६८वर्षका भए ।

लुङ्खिम भाषाका नौ वक्ता

पछिल्लोपटक गत हप्ता पुनः लुङ्खिमभाषीरहेको इलामको सूर्योदय नगरपालिका-१०आहाले पुगेँ । सँगै प्रा. माधव प्रसाद पोखरेलहुनुहुन्थ्यो । यसअघि पनि लुङ्खिम भाषाबोलिने यस ठाउँमा पुगेका थियौँ । तर, त्यसवेला भाषा बोलिने क्षेत्र यकिन गर्दै आधादर्जनले मात्र भाषा बोल्न सक्ने तथ्यलाईउजागर गरेका थियौँ । लुङ्खिम भाषा अलिबढी बान्तवा भाषासँग मिल्ने तर्क गरिँदैआएको थियो । तर, लुङ्खिम भाषाबा(न्तवाभन्दा अलि बढी प्रतिशत मिल्नेकुरालाई प्रतिवेदनमा उल्लेख गरेका थियौँ ।

लुङ्खिम दुईवटा शब्द लुङ् ‘ढुंगा’ र खिम ‘घर’ मिलेर बनेको शब्द हो जसको अर्थ ‘ढुंगाकोघर’ भन्ने हुन्छ । लुङ्खिम राईले आफ्नो पुर्खाभोजपुर जिल्लाको साल्पासिलिछोगाउँपालिकाको लिमखिम रहेको बताए ।त्यहाँ भाषा नबोलिने कुरा त्यसवेला नै थाहापाएका थियौँ भने उक्त ठाउँमा लुङ्खिमराईहरूको उत्पत्ति थलो मानिएको ढुंगाकोओडार अद्यावधिक छ ।

लुङ्खिम भाषाको वक्ता संख्यासमेतनौजनाभन्दा बढी नरहेको यकिन ग-यौँ । योभाषा राम्ररी बोल्नुहुने नन्दकुमार राई ९१वर्षकोे हुनुभयो । केही समयदेखि ओछ्यानपर्नुभएको छ । निकै सकसका साथ उहाँसँगभाषाका केही पाठ संकलन ग-यौँ । यो भाषानिकै संकटग्रस्त रहेको भेउ पायौँ । लुङ्खिमभाषा अन्य किराँत राई भाषाभन्दा संरचनामानिकै बदलाव आएको महसुस भयो । किनभने, यो भाषामा अन्य किराँती भाषाजस्तैव्याकरणीय कोटिका आधारमा लिंग रआदरार्थी चिह्न नहुने भए पनिसर्वनामिकीकरणमा संकट आइसकेकोदेखिन्छ । क्रियाको रूपावलीमा सर्वनाम चिह्ननहुने स्थिति पैदा

भइसकेको रहेछ ।

अल्पसंख्यक भाषा संरक्षण

भाषा लोप हुँदा सञ्चारमाध्यम मात्र अवरुद्धहुँदैन । भाषासँगै भाषामा अन्तर्निहित संस्कृतिर ज्ञानसमेत लोप भएर जान्छ । मध्यअफ्रिकाको बाका जातिले जति धेरै हात्तीकोप्रकार र त्यसको प्रकारअनुसारको व्यवहारगर्न अरूले जान्दैनन् जुन उनीहरूले आफ्नापूर्वजबाट सिकेर आएका छन् । उनीहरूलेहात्तीको उमेर, लिंग र व्यवहारका आधारमा१५ भन्दा बढी शब्द प्रयोग गर्छन् । ब्राजिलकोयानोमामी जातिले पाँच सयभन्दा बढीवनस्पतिको प्रजातिका बारेमा ज्ञान राख्छन् ।

भाषा लोप हुन लागेको देखेर दुरा जातिलेजति धेरै चिन्ता अर्को कुनै भाषिकअल्पसंख्यक समुदायले गरेको मैले भेटेकोछैन । लमजुङको दुराडाँडा पुग्दा भाषाबचाउनका लागि के गर्न सकिन्छ भन्ने चिन्ताउनीहरूको आँखामा प्रस्ट झल्किन्थ्यो ।

कुन औषधि, कुन विष हो, कुन वनस्पति कुनवेला प्रयोग गर्ने भन्ने कुराको ज्ञान राख्छन् ।खोला वा कोसी किनारमा बस्ने माझीजातिलाई जति लेकमा बस्ने शेर्पासमुदायलाई माछाको प्रकार थाहा हुँदैन ।अमेरिकाको बाह्रैमास हिउँ परिरहने टुन्ड्राक्षेत्रमा बोलिने स्किमो भाषामा हिउँकोफरकफरक स्थिति र प्रकारका लागि ४२ वटाशब्द प्रयोग गरिन्छ । भाषामा पर्यावरणीयज्ञान हुनुका साथै वातावरणीय चुनौतीलाईसामना गर्ने अन्र्तनिहित ज्ञान पनि रहेको हुन्छ । कुनै पनि भाषा लोप भयो भने भाषिकविविधताले निर्माण गरेको जैविक संरचनामानै ठूलो असर पुग्दछ । त्यसैगरी भाषाकोअन्त्यसँगै सम्बन्धित भाषाको सौन्दर्यता वासौन्दर्यशास्त्र नै समाप्त हुन्छ ।

भाषा संरक्षणका लागि सबभन्दा सजीवतरिका ‘बोल्ने’ नै हो । सबभन्दा पहिलो काम नैभाषा बोल्ने र पुस्तान्तरण गर्ने हो । भाषाकोआयु सानासाना केटाकेटीले बोल्छन् किबोल्दैनन्, कुनकुन अवस्थामा प्रयोग हुन्छ भन्नेकुराले निर्धारण गर्दछ । यद्यपि भाषासंरक्षणमा राज्यले अपनाउने भाषानीति रभाषा योजनाले महत्वपूर्ण भूमिका खेल्छ ।आज नेपालका थुप्रै मातृभाषाहरू संकटापन्नअवस्थामा पुग्दै छन् भने चुक्वा, पोइङजस्ताभाषा केही दशकअघि सदाका लागि लोपभए ।

दोस्रो, भाषाको संरक्षणका लागिअभिलेखीकरण गर्नुपर्छ । यसका लागि सोभाषाको शब्दकोश, व्याकरण, साहित्य वापाठ संकलन आदिको अभिलेख राख्नसकिन्छ भने आजको प्रविधियुगमाश्रव्यदृश्यसहित नै आर्काइभ गर्न सकिन्छ ।एकचोटि मृत भएको भाषालाई पुनः जीविततुल्याइएका केही दृष्टान्त छन् । पुनः जीविततुल्याइएका भाषाहरूमा जापानको आइनु, न्युजिल्यान्डको माओरी र इजरायलमाबोलिने हिब्रु भाषालगायतलाई लिने गरिन्छ ।

तेस्रो, संविधानको व्यवस्थालाई आधार मान्दैअल्पसंख्यक भाषाका आधारमा विशेष वासंरक्षित क्षेत्र तोकेर कार्यक्रम लागू गर्नुपर्छ ।भाषिक अल्पसंख्यकहरूको जी(िवकोपार्ज, भाषा प्रयोगलाई प्रोत्साहन गर्दै भाषाप्रयोगका क्षेत्रहरू पहिचान गर्दै वातावरणसिर्जना गरिनुपर्छ ।  अन्त्यमा, भाषा लोप हुनेक्रम नयाँ विषय त नहोला, तर भाषासँगैेसंस्कृति लोप हुनु भनेको मानवको अपरम्पारसांस्कृतिक ज्ञान लोप हुनु हो ।

विविधतामा खिया लाग्नु हो । त्यसैले भाषासंरक्षण र संवद्र्धनका लागि हरतरहका प्रयत्नहुनु आवश्यक छ । नेपालमा अहिले भाषाआयोगले लोपोन्मुख भाषाहरूको सूची तयारगरेर मातृभाषा संरक्षणका लागिअभिलेखीकरण कार्यक्रमलाई अगाडि बढाउँदैआएको छ । तर, यति मात्र पर्याप्त देखिँदैन ।जुन ठाउँमा अल्पसङ्ख्यक भाषाहरू छन्, त्यस ठाउँका स्थानीय सरकारले भाषासंरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागिकार्यान्वयनमा जानुपर्छ ।(डा.तारामनी राईनया पत्रिकाबाट लिएका हौ)