‘लघुकथा’ एकताले भूमि जोगायो :  सरणकुमार  राई

एउटा गरिब थियो। थुप्रै छोराछोरीहरु थिए । मुस्किलले हुर्कायो अनेक सास्ति खेपेर । छोराछोरीहरु हुर्केपछि सुखको दिन आउला भन्ने आमा बाबुको आशा  थियो ।

छिमेकिले बुद्धिहीन एउटा छोरालाई भड्काएर पारिवारीक एकता नष्ट गरी दियो । त्यसले आमाको गहना खोसेर छिमेकीलाई दियो । आमाको बेइज्जत गर्या । घरबारी बुझाउने सर्तमा परिवारघात गर्या । पितालाई हटाएर आफू घरको हर्ता कर्ता भयो । भनौं छिमेकीको हातमा बेचिएर ऊ घरमुली भयो ।

बुद्धिहीन त्यो बिकेका छोरालाई टुंगोमा नल्याए उठीबास हुने निश्चित देखेर अरू सन्तानहरू एकजुट भए । कडा मिहिनेत  गरे। छिमेकीको लहैलहैमा नलागी एकताबद्ध भई छिमेकिको थिचो मिचो र अन्याय विरुद्ध एकजुट भई लडे ।

बिकेको वा बिक्नेलाई परिवारले पनि बहिस्कार गर्नु पर्छ भन्ने पाठ सिके। बिकेको बाहेक अरुहरूका पारिवारीक एकता कायम भयो ।

छिमेकीको उनीहरूले उठीबास गराएर उनीहरूको भुमि खाने  षड्यन्त्र बिफल बनाए । अनि आफ्नो पुर्खाली भूमि जोगाए ।

सरणकुमार राई

धरान, सुनसरी कोशी नेपाल