
हाम्रो आवाज न्यूज ।समाजसेवी सरिता गुरुङले NRNA कोलोराडो च्यापटरमा महिला संयोजकको उमेद्द्वारी दिएकी छिन । कास्कीको पर्यटकीय क्षेत्र अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरकोटमा जन्मिएकी गुरुङ आफ्नो आमाको प्रेरणाले समाज सेवामा लागेको बताऊँछिन ।
बिगत चार बर्ष देखी अमेरिकाको कोलोराडोमा बसोबास गरिरहेको गुरुङ आफ्नो ब्यास्त समय लाई ब्याबस्थापन गर्दै दुखी पिडित हरुको लागी प्रवास बाटै सहयोग गर्दै आएकी छिन ।
एनआरएनए कोलोराडो च्यापटरमा (२०२१-२०२३ ) को लागी आफु महिला संयोजकको पदमा बिजय भएमा महिला र कोलोराडोमा रहेका नेपाली भाषिहरुको कला,सस्कृती हरुलाई अगाडी ल्याउन पहल गर्ने र च्यापटरलाई सकृय बनाउन सहयोग गर्ने प्रतिबद्द्ता जनाइन ।
हाम्रो आवाज संगको कुराकानिमा गुरुङले यती बेला नेपाल कोरोनाको चपेटामा परेकोछ देश दुख्दा हामी परदेशी हरु झन दुख्छौ त्यही भएर टिकट मिल्यो भने यो हप्ताभित्र केहि राहत लिएर नेपाल जाने पनि बताईन ।