परदेशी सर्जक गौतम सागर राईले आफ्नो भाईलाई नेपाली सांगीतिक क्षेत्रमा इन्ट्री गराए ।

✍️हाम्रो आवाज न्यूज । परदेशी सर्जक गौतम सागर राईको “दशै आयो तिहार आयो “मेल भर्सन सर्बजानिक भएका छन । यस पल्ट मेल भर्सनको लागी राईले आफ्नै भाई नबिन राई लाई नेपाली सांगीतिक क्षेत्रमा इन्ट्री गराएका हुन । परदेशमा बसेर सिर्जना गरिरहेका राईले यो भन्दा अगाडी “सिमापारी” “परदेशिको याद” “ मुलबाटो “ “नौलो परदेशि” मा संगीत भरिसकेका छन ।यस गीतको फिमेल भर्सन स्वर भ्वाइज अफ नेपालको नक आउटबाट बाहिरिएकी सिक्किम्ली चेली सुदिता राईले दिईसकेकी छिन ।

यस गीतमा स्वर नविन राईको हो भने शब्द र संगीत गौतम सागर राईको हो ।गीतको एरेन्ज मनोज साङ्सोन राईले र गीतको मिक्सिङ राजु कार्किले गरेका हुन किङ स्टुडियोमा रेकर्डिस्ट सुरेश राईले रेकर्ड गरेका हुन ।

परदेशमा परदेशिलाई चाढ पर्ब आउँदा आफ्नो गाउँ घरमा आफन्त साथी संगीहरुले याद गरेको मिठो बिम्ब प्रस्तुत गरिएकोछ यस गीतमा। गीतको लिप्सिङ छायाङ्कन र सम्पादन जस्केलो क्रियसनले गरेको छ भने यस गीतको भिडियो गौतम सागर राईको अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएकोछ ।

भिडियो लिंक यहाँ ।