ह्वाइट हाउसले बिहीबार व्यापक अध्यागमन बिधेयक घोषणा गरेको छ ।
श्रोत-सिएनएन । अमेरिकामा पहिले देखि नै रहेका लाखौं आप्रवासीहरूका लागि नागरिकताको लागि आठ बर्षे बाटो निर्माण गर्नेछ । अमेरिकामा रहेका र कागजपत्र नभएका आप्रवासीहरूलाई छिटो उपाय पत्ता लगाउने काम गर्नेछ ।
साथै सानोमा अमेरिका ल्याइएका बालबालिकाको लागि काम गर्ने छ । तर यो बिधेयक पारित गर्न त्यति सजिलो भने छैन । कंग्रेसमा यसले सामना गर्नु पर्ने छ र यो सिनेटमा पारित गर्न निकै कठिन हुनेछ ।
बाइडेन प्रशासनका अधिकारीहरूले गत बुधबार व्हाइटहाउसमा साँझपख यो कानून राष्ट्रपति जो बाइडेनले अमेरिकी अध्यागमन प्रणालीलाई कायापल्ट गर्ने विषयमा कुराकानी पुनः सुरु गर्ने प्रयास भएको तर्क गरे ।बाइडन वार्ताका लागि खुला रहेको उनीहरुले पत्रकारहरुलाई बताएका छन् ।