सगरमाथा राष्ट्रिय निकुञ्जमा कस्तुरी मृगको अस्तिपञ्चर फेला

सोलुखुम्बु – सगरमाथा राष्ट्रिय निकुञ्जमा दुई वटा कस्तुरी मृगको अस्तिपञ्चर फेला परेपछि निकुञ्जले अनुसन्धान टोली घटनास्थलमा पठाएको छ ।

गत आईतबार राष्ट्रिय निकुञ्जको कालो ओडरमा फेला परेको दुई कस्तुरी मृगको अस्तिपञ्जर र ३ वटा पासो भेटिएको विषयमा अनुसन्धानका लागि सहायक संरक्षण अधिकृत पेम्बा शेर्पाको नेतृत्वमा अनुसन्धान टोली सोमबार कालो ओडार गएका छन् । करिब ८–९ महिना अघि वन्यजन्तु तस्करले दुई वटा मृग पासो थापेर मारेको हुन सक्ने अनुमान गरिएको छ ।

गत आईतबार नेपाली सेना, प्रहरी, निकुन्जको कर्मचारी र स्थानियले कालो ओडारमा अस्ति पन्चर भेटेका थिए । अस्तिपन्चरको अवषेश मात्रै भेटिएकाले भेटिएकै ठाउँमा गाडिएको छ ।

घटनाबारे थप विवरण अनुसन्धान पछि सार्वजनिक गरिने सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययले जानकारी दिए ।

(फोटो-२०७७ बैशाखामा निकञ्ज क्षेत्रमा मारिएको अप्वस्थामा भेटिएको कस्तुरी मृग)