
काठमाडौं / गीतमा पैसाको लोभमा परी गलत जिबनसाथी रोजेको कुरा देखाउन खोजिएको छ बैँस छदा धेरै संग आँखा जुध्यो हजुर,रुपकै घमण्डमा पैसावाला रोज्यो हजुर तर अब बाच्न गार्हो भएको कुरा रुदै शब्दहरु मार्फत प्रहार गरिएको छ । श्रीमतीले बिहे पछि गलत जिबनसाथी पाएको कारण धेरै दुख भोग्नु परेको र म्युजिक भिडियो मार्फत उत्कृष्ट ढंगले देखाईएको छ।
गीतको संगीत स्वर्गीय कलाकार गुरुशरन् सदाको रहेको छ । उनको हालैमात्र दु:खद निधन भएको छ उनको अन्तिम गीत ‘बसै छदा रहेको छ । गुरुको संगीत क्षेत्रमा निकै ठुलो योगदान रहेको छ,उनले थुप्रै गीतहरुमा आवाज दिएका छन् भने धेरै गीतहरूमा उनकै शब्द तथा संगीत रहेको छ । उनी एक कुसल संगीतकार पनि रहेका थिए
आदित्य ठकुरीले एस ‘बसै छदा’ म्यूजिक भिडियो गीतले मागे अनुसारको कथा वस्तु बनाएर दर्शक माँझ बजारमा म्युजिक भिडियो सार्वजनिक गरेका छन् र उनले अहिले सम्म धेरै ओटा आधुनिक/ लोक/ मैथिली / रोमान्टिक/ लोक डासिंग गीतको म्यूजिक भिडियो निर्देशन र अभिनय गरेका छन्।
बैँस छदा गीतमा स्व.गुरुकै र बिरेन्द्रकुमार सिंहको शब्द रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका शान्ती सदाको स्वर रहेको छ।
आदित्य ठकुरीको कथा/निर्देशन रहेको उक्त भिडियोमा प्रमिता राजघतानी /राज रोकाया/आदित्य ठकुरी / पुनम श्रेष्ठको अभिनय देख्न सकिन्छ। रामकृष्ण चौलागाईले छायांकन गरेको भिडियोलाई अमृत पन्थीले सम्पादन,कलर गरेका हुन् । ‘बसै छदा’ म्यूजिक भिडियोको निर्माता देव शरण सदा / शिव शरण सदा / रंजित कुशवाहा रहेका छन्। इभेरेस्ट प्रोडक्स्न नेपाल र BLACK EYES PICTURE निर्माण ‘बसै छदा’ म्यूजिक भिडियोShanti Sada अफिसियल युट्युब च्यानल मार्फत् बजारमा सार्वजनिक भएको छ।
भिडियो लिंकि याहाँ हेर्नुहोस