एमालेको बिद्द्मान द्वन्दको कारण  पद लोलुपता भन्दा पनि शैद्दान्तिक बिचलन नै  हो ।

✍️शंकर पन्त ,अमेरिका ।कार्ल मार्सले तात्कालिन समयमा धर्मलाई अफिम सँग जोडेर व्याख्या गर्दा पूँजीबादीहरुले त्यसको अपव्याख्या  गरेर उधुम नै मच्याए ! बास्तममा उनको प्रहार अन्धभक्त पूर्ण धर्म र त्यसैको आडमा गरिने अन्याय,अत्याचार शोशण र दमनको बिरुद्दमा थियो ।  धर्म सबैको हुन्छ जो ज्ञान,अनुशासन र संस्कृतिको प्रतिक हो ।  सहि ढंगले अपनाउदा धर्ममा अन्याय अत्याचार शोशण र दमन हुँदै हुँदैन ! अन्धभक्तहरुमा पनि जीबन र समाज बदल्ने दृष्‍टिकोण नभए पनि साधना चाँही हुन्छ ! तर त्यो स्वार्थमा बदलिए बिनास हुन्छ ।

नेपालमा अहिले चलिरहेको नेकपा हुँदै एमालेको द्वन्दलाई कतिपयले पदलुलोपता भनेर भ्रम छरिरहेका छन । खासमा त्यो सत्य होइन । पहिलो कुरा त अहंकार दम्भ  स्वक्षाचारिता र तानाशाही प्रब्रिती शैद्दान्तिक  बिचलन पछि मात्रै  आउने कुराहरु  हुन ! दोस्रो असल र शैद्दान्तिक मान्छे सँग अनुशासन सह अस्तित्व र सामुहिक सद्द्भाव हुन्छ ! एउटा कम्युनिस्ट पार्टी त्यसमा पनि लोकतन्त्र र दलीय प्रतिस्प्रधालाई आत्मसाथ गरेको आधुनिक र सामुहिक नेत्रित्वमा विश्वाश गर्ने ! को यो हबिगत पदलुलोपताबाट मात्रै हुन सक्दैन ! यसको खास कारण ब्यक्तिबाद, अन्धभक्तबाद र पलायनबाद हो ! त्यसैको कारण  समस्या को समाधान केपी ओली र माधव नेपालबाट  खोजिदै छ ! न कि साङठनिक सिद्धान्त अनुरुपको  बिधिबाट ।

समय वा परिस्थितिले  गलत ब्यक्तिको हातमा नेत्रित्व गयो भने र त्यसलाई स्वार्थी अन्धभक्तहरुको झुन्डले घेरिहाल्यो भने, पार्टी र आन्दोलन  नीस्चय नै भात्किन्छ ! अहिले भएको त्यस्तै हो ।  होइन भने पटक पटक देशको कानुनले दोशी करार गरेको अन्य सबै पार्टीहरुले, कानुनबिदहरुले,बौद्धिक जगतले,भुपु  प्रधानमन्त्रीहरु तथा उच्च पदस्त ब्यक्तित्वहरुले मिडियाले र समग्रमा देशले नै असंबैधानिक,अलोकतान्त्रिक  र स्वक्षाचारि कार्य गर्ने ब्यक्तिको रुपमा चित्रित गरिरहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली लाई नै अझै  पनि किन आकाश धर्ती देखिन्छ  ?! कम्युनिस्ट पार्टीमा यो गुटगत अन्धभक्तताको पराकास्टा नै हो ।

नेपालमा कम्युनिस्ट पार्टीका संस्थापक महासचिब  क पुष्प लाल श्रेष्ठ लाई जसले गद्दार भने आधुनिक कम्युनिस्ट पार्टीका प्रणेता क मदन भण्डारी र उनी द्वारा  प्रतिपादित ज. ब. ज.  लाई जसले धोका भने आज उनिहरुलाई  शायद पश्चाताप लागिरहेको होला ! ठीक त्यस्तै गरी अहिले केही दृष्‍टिबिहिन मान्छेहरुले क माधव नेपाललाई गद्दार भनेका छन जसले अहिले खास एमालेको बिरासत द्रिडता  पूर्वक थामिरहेका छन ! अझ गजवको कुरा त के छ भने आज बार्दलिबाट राष्ट्रिय गद्दार  भन्छन ! भोली आम माफिको घोषणा गर्छन् ! पर्सी सब तपाईं नै हो भन्छन ! अब बाटो कसले बिराएको हो र साँच्चै गद्दार को रहेछ उजागर हुनेछ ! अहिले पार्टी भित्र चलिरहेका सबै गतिबिधीहरु असामान्य प्रकृतिका छन ।  आफुले गरेको जस्तो सुकै बिषयलाई पनि सामान्य देख्ने र अरुले गरेको त्यस्तै बिषयलाई अपराध  वा असामान्य  ठानेर मिलनको बिन्दु कहिल्लै  भेटिन्न ।

नेपालमा सबै जसो कम्युनिस्ट पार्टीहरुका प्रायजसो  नेताहरु समिक्षा योग्य (reviewable) भैसकेका छन ! यद्दपी यो अरु पार्टीहरुमा पनि लागु हुन्छ ।  उनिहरु बिचको सिद्धान्त र व्यबहारको खाडल पुरिनसक्नु भएकोछ  ! पार्टीको बैचारिक दृष्‍टिकोण भन्ने हो भने हरेक खालको बिभेदको अन्त्य, जनमुक्ति तथा सामाजिक न्याय र बिकास तथा सम्ब्रिद्दी  छ भने त्यसका सारथी पार्टीका नेता तथा कार्यकर्ताहरुको दृष्‍टिकोण तल देखी माथि सम्म भ्रस्टता मार्फत अकुत सम्पत्ती आर्जन र चाकडी द्वारा पद तथा सम्मान प्राप्ती तिर छ ! अनि बदलिन्छ नेपाल ?! अहिले एकता जसरी पनि गर्नु पर्छ भन्ने कुरा पनि असैद्धन्तिक र बिचलन कै कुरा हो ! होइन भने द्वन्दको कारण र त्यसको शैद्दान्तिक निराकरण बारे किल्यर नभै एकता गर्नुको के अर्थ हुन्छ र ?  अझै  पनि नयाँ नेपाल निर्माण गर्ने ल्याकत कम्युनिस्टहरुले नै राख्छन जस्तो लाग्छ तर पहिले उनिहरु आफूलाई बदल्नु जरुरी छ ! एमाले एकताको साथै सबै बाम्पन्थीहरु कै एकता होस, शुभकामना ।