पाँच पटक सगरमाथा आरोहण गरेका ङवाङ ओङ्छु शेर्पाको कथा ।
✍गौतम सागर राई,हाम्रो आवाज न्युज डटकम - सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हमु गाउपालिका घाटमा आमा छोक्पा शेर्पा र बुवा आङ दोर्जी शेर्पाको पहिलो सन्तानको रुपमा बि.सं.२०३० साल जेष्ठ १८ गते जन्मिएका ङवाङ ओङ्छु शेर्पा थुप्रै अभाबको पहाड बोकेर पाँच पटक सगरमाथा चढे उनले सगरमाथाको पहिलो आरोहण सन (१९९९ )मा दोश्रो आरोहण सन (२००० )मा तेश्रो आरोहण सन (२००१ )मा चौथो आरोहण सन (२००३ )मा र पाँचौ आरोहण सन (२००४ ) मा गरेका थिए । साथै नेपालमा नै आठ हजार भन्दा माथिका धौलागिरी ,छोयु ,सिसापोंमा ,लोचे ,आमडोब्लु लगयत एक दर्जन भन्दा बडी हिमाल चढी सकेका छन । बिदेशमा पनि फ्रान्सको mount blance peak दुई पटक आरोहण गरिसकेका छन ।
शेर्पाको बाल्यकाल सामन्य परिवारमा बितेको थियो उनले कक्षा चार सम्म मात्र अध्यायन गर्न पाए । परिवारको जेठो सन्तान भएकाले जिम्मेवारी अलि धेरै बोक्नु पर्थ्यो ।त्यसैले बिचमै पढाई छोडेर ट्रेकिङ पेसामा लागे , सन (१९९२ ) मा सामान्य भरिया बाट सुरु गरेका ट्रेकिङ पेशा व्यवसायिक रुपमा अगाडी बढाए ।बिस्तारै उनले ट्रेकिङ गाईट भएर काम सुरु गरे पर्यटक हरुलाई आफु तिर आकर्षन गर्दै पछी नाम र दाम कमाउन थाले ,शेर्पा ति सुरुवातका दिनहरु सम्झिदा भावुक हुन्छन ।
शेर्पा भन्छन म त धेरै नपढेको मान्छे । तर भाषा भनेको एक अर्कामा सम्पर्क हो केहि बाध्यता केहि रहरले सिके उनी अंग्रेजी ,कोरियन ,फ्रान्स ,जर्मन ,टिबटेन ,हिन्दी विदेशी भाषाहरुमा राम्रो संग कुराकानी गर्न सक्छन । ट्रेकिङ गाईट भएर शेर्पा आफ्नै देश भित्र मात्र होइन थुप्रै बिदेश भ्रमन पनि गरिसकेका छन । कोरिया,जापन ,अस्ट्रेया,जर्मन ,फ्रान्स ,नर्बे ,ईटाली ,रसिया,चाइन, टिबेट ,इन्डिया , त्यहाँको सम्बृदी ,बिकास ,सिस्टम ,हेर्दा हाम्रो देश धेरै कुरामा पछी परेको उनले बताऊँछन ।
शेर्पा पहिलो पल्ट सन (२००२ )मा अमेरिका आएका थिए केहि समय घुमेर फेरी फर्किए निरन्तर आफ्नै पेशा ट्रेकिङ ब्याबसायमै लागे दोश्रो पटक सन (२०१४ )मा फेरी अमेरिका आए पछी यतै बस्ने निर्नय गरे हाल शेर्पा अमेरिकाको कोलोराडो राज्यको लङ्मन्ट शहरमा आफ्नो परिवार शृमती र दुई छोराहरुको साथ बसोबास गरिरहेका छन । तपाइको भूमिका बाहिर बसेर देशमा पर्यटनको लागी के कस्तो रहन्छ भनेर सोध्दा शेर्पा भन्छन , म सधैको लागी बाहिर बसेको होइन ! समय र बाध्यताले हो तर जहाँ बसे पनि देश र आफ्नो परिवेश भुल्न नसकिने बताउँछन । साथै पर्यटन व्यावसाय लाई मज्बुद बनाउन सरकारले धेरै कुरामा ध्यान दिनु पर्ने र पर्यटक मजदुरहरुको स्वास्थ्य बिमा जिबन बिमा
गरिदिनु पर्ने साथै पर्यटक हरु लाई आकर्षक बनाउन स्थानिय कला सस्कृती संरक्षण गर्नु पर्ने शेर्पाले बताए । सरकारले पर्यटन बिषयमा ल्याएको हरेक सकरात्मक काममा आफु जहाँ रहे पनि बिदेशी साथिहरुलाई नेपाल घुम्न आउन आग्रह गर्ने आफ्ठ्यारो परे आफुले सकेको सहयोग गर्ने साथै सबैले आ-आफ्नो क्षेत्र बाट सहयोग गर्न पनि आग्रह गर्नु भयो ।