कोलोराडोमा २०५१ औं ग्याल्पो ल्होसार भब्यताको साथ सम्पन्न।
✍नातिबाबु भट्ट, कोलोराडो अमेरीका।कोलोराडो निवासी शेर्पा समुदायले सनिबार २०५१ औं ग्याल्पो ल्होसार भब्यताका साथ एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाएका छन् ।
कोलोराडो निवासी शेर्पा समुदायको साझा संस्था शेर्पा एसोसीएसन अफ कोलोराडोको आयोजनामा उनीहरूले २०५१ औं ग्याल्पो ल्होसार मनाएका हुन् । यहां स्थित वोल्डर शहरमा कोलोराडोको विभिन्न शहरवाट शेर्पा समुदायका सदस्यहरू उपस्थित भई भव्यताको साथ सिब्रु तथा अन्य सांस्कृतीक नृत्य प्रश्तुती गर्दै मनोरञ्जनका साथ ग्याल्पो ल्होसार सम्पन्न गरेका हुन् ।
उक्त समारोहमा लामागुरू, संस्थालाइ सहयोग गर्ने बिभिन्न दाता, कोलोराडोमा सकृय नेपाली संघ संस्थाका पदाधिकारी, सगरमाथा अरेही, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा शेर्पा समुदायका सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरूलाइ खादा लगाइ सम्मान गरिएको थियो ।
ल्होसार कार्यक्रम विहान ११ बजे लामा गुरुहरूवाट बिधी पुर्वक पुजापाठ गरी शुरुवात भएको थियो । अपरान्हको कार्यक्रम नेपाल र अमेरीकाको राष्टिय गान बजाएर सुरूगरिएको थियो । शेर्पा एसोसीएसन अफ कोलोराडोका उपाध्यक्ष सोनाम शेर्पाले स्वागत मन्तव्य राख्दै संस्थाको उदेस्य र कार्यक्रमको महत्व प्रकाश पारेका थिए ।
नेशनल जोग्राफी हिरो सगरमाथा आरेही तथा आरोहण प्रशिक्षक पेम्वाग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुखअतिथी, बिशेष अतिथी तथा बिभिन्न संघसंस्थाका पदाधिकारीहरूले शेर्पा समुदायको नयांबर्ष तथा ग्याल्पो ल्होसारको शुभकामना दिएका थिए । कार्यक्रम शेर्पा एसोसीएसन अफ कोलोराडोका महासचिव निमा शेर्पाले संचालन गरेका थिए ।
शेर्पा एसोसीएसन अफ कोलोराडोका अध्यक्ष ङवाङ वाङछु शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष ङवाङ वाङछुले समारोहमा उपस्थित सबै पाहुनाहरूलाइ धन्यवाद दिदै शेर्पाहरूको सांस्कृतिक पर्व ल्होसार भब्यताकासाथ सम्पन्न पार्न सहयोग गर्ने सबैप्रति अभार ब्यक्त गरेका थिए । कार्यक्रममा तिब्बतीयन कल्चर ग्रुपका कलाकार बहिनीहरू लगायत स्थानीय अन्यकलाकार भाइ बहिनीहरूले गीत तथा कुशल नृत्य प्रस्तुतगरी दर्शकहरूको मनजित्न सफल भएका थिए ।
आजै कोलोराडोमा सकृय शेर्पा समुदायकै अर्को संस्था युनाइटेड शेर्पा एशोशियसन कोलोराडोले पनि वेस्टमिनिष्टरमा छुट्टै कार्यक्रम आयोजना गरि ग्याल्पो ल्होसार मनाएको छ ।
नेपालमा मुलत ३ किसिमको ल्होछार मनाउने गरिन्छ । गुरुङहरुले तोला, तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसार मनाउने चलन छ । उनीहरुले यस बर्ष गिद्ध बर्गलाई बिदाई गर्दै सर्प बर्गलाई स्वागत गरेका छन् ।