शहरको मोह सच्चिकै घटेकै रहेछ!
संगीतकार अनिल कोयी राई,


मैले यो शहरमा बसेको धेरै दशक त भएको छैन । मैले यो शहरमा गाउ धरको जस्तो मिलनसार समाज पनि पाएको छैन। रुना, चन्दु र तीन दोभान संग दाजेर हेर्ने ठाउको त कुरै भएन । विक्रम सम्बत् १९९० सालको भूइचालोले समेत डगमगाउन नसकेको रे चिलिमढुंगा । उसैको कुइनेटो हुदै प्रत्येक विहानी झुल्कि रहने न्यानो तापिलो धामको रापले आज सम्म काठमाण्डौ भित्रको धाम नलाग्ने ओझेलमा पनि बाँची रहेको छु।

म संग भोकभोकै हिडेका थुप्रै कथाहरु छन्। ती थुप्रै कथा मध्ये एउटा छोटो कथा लेख्दैछु त्यो पनि आँधी भाग मात्र लेख्न सोच्दैछु । म रत्न राज्य लक्ष्मी क्याम्पस पढ्थे । हामी थुप्रै साथीहरु त्यही क्याम्पस जान्थौ । हामी आ आफ्नो च्वाइसमा विषय छनौट गरेका थियौ। म संगीत पढ्थे । अरु साथीहरु अरु अरु विषय । अर्को एउटा साथी पत्रकारिता पढ्थ्यो।

विधार्थी जीवनको अभावका कारण सधै कपन देखि पैदल हिडेर अनाम नगरको बगरै बगर रत्नपार्क नजिकमा रहेको रत्न राज्य लक्षमी क्याम्पस पुग्थ्यौ । हिडेर पुग्नु छ, भोको पेट क्याम्पसको क्यानटिन छिरेर खाजा खाएको रेकर्ड छैन। फर्किन्दा कहिले काही बाटोमा एउटा डुनोट दुइ टुक्रा बाडेर खाएको धेरै उदाहरण छ। म र मेरो साथी गल्लि गल्लि बाँटो हिड्दा ठुल ठुला सपनाका कुरा, भविष्यका कुरा हुन्थ्यो। मेरो साथीले भन्थ्यो हाम्रो त बडाहरु अनि  छेमाहरुको ठुलठुला धर काठमाडौमा नै छ । हाम्रो चै स्थिति यस्तै भो! जीन्दगीमा काठमाडौ होइन भने धरानमा एउटा सानो सुन्दर धर बनाउने सपना छ भन्थ्यो।

म र मेरो साथीको सधै सस्तै मिठा मिठा सपनाका अनी भविष्यका ठुला कुरा हुन्थ्यो ।   पछी केटो राम्रै देश गयो । पहिलो छुट्टी आएर धरजम गर्यो । मेरो अनुमान उसले पैसा राम्रो कमाएको हुनु पर्छ । उसको तलव महिनाको अमेरिकन डलर २ हजार भन्दा बढी छ । यो कमाइ नेपाली समुदाय भित्रको अधिकतम कमाइ हो।

अचानक अघिल्लो हप्ता फलैचा रेस्टुरेन्ट अगाडी हाम्रो भेट भयो । सञ्चो, विसञ्चो र हाल खबरको कुरा गर्दा गर्दै केटोले कुरा अगाडी थपी हाल्यो । साची के सोच्दै छौ अनिल? अब, म त सधैको लागि गाउँ फर्कीदै छु । म त सधै गाउ नै बस्ने भए । मेरो सबै समानहरु टुङ्गो लगाई सके । एउटा दराज घाडो  भयो। सेकेन्ड हेन्ड बेच्ने ठाउँमा पनि कम पैसा दिने रहेछ । महगोमा किनेको समान सस्तोमा बेच्न माया लागि रहेको छ ।

म झस्किए! अचम्म मान्दै तिमी त यतै शहर बस्ने सोचमा थियौ । फेरी कमाई पनि राम्रो छ ।  के भयो र?  फेरी गाउँ जाने? मैले  सोधे,  उसले भन्यो त्यस्तो होइन यार।  तत्काल नानीहरुको लागि स्कुल चाही गाउँमा राम्रो छैन । तर गाउँ जस्तो राम्रो कहा छ र? अब सबै-सबै उता गाउधर नै राम्रो छ । गाउँ घर कहाँ पहिला जस्तो छ र ? जाबो शहर केही राम्रो छैन । करिब ३ मिनेट सम्म भट्टायो साथीले ।  मैले पनि ए ए अ अ मात्रै भनी रहें । अनि साथी संग छुट्यौ । शहरको मोह मान्छेहरुलाई सच्चिकै घटेकै रहेछ ।(लकडाउनको समयमा मनोकथा लेख्ने लेखक संगीतकार हुन)