शक्तिशाली न्युक्लियर बम कोरोनाको अगाडी निरिह
प्रदिप सुनुवार- काठमाण्डौ

वर्तमान विश्वलाई नै कोरोना भाइरसले यत्तिबेला आतंकित र भयभीत पारिरहेको छ। चीनको वुहान बाट शुरूवात भएको यो सरुवा रोग आज विश्वव्यापी रूपमा भ्रमण गर्दैछ। यो रोगको असर कुनै विश्वयुद्ध भन्दा कम देखिदैन । आज सबै मानिसहरु यस रोगको कारण आफुलाई नजरबन्दमा राख्न बाध्य भएका छन। एक देशले अर्को देशमा नाका बन्दीनै गर्नु परेको  छ। सबै हवाई उडान ,यातायात र विभिन्न कार्यालयहरु लक डाउन गरिएको छ।

बम ,बारुद ,गोली नचलेपनी आफ्नो ज्यान बचाउन घर भित्र लुक्नु परेको अवस्था छ।यी सबै वस्तुगत स्थितिको परिणाम हरुलाई हेर्दा तेस्रो विश्वयुद्ध भन्दा फरक नपर्ला ।यो युगमा पनि यस्तो प्रकारको रोगको सामन गर्नु पर्ला भन्ने कसैले सोचेको थिएन । आज विज्ञान प्रविधिको युग र यसमा हरेक समस्याको उपाय छ भन्नेनै थियो ।
विश्वका शक्तिशाली देशहरूले पनि आज यस रोगलाई नियन्त्रण गर्न सकिरहेको छैनन् । विश्वभरिका देशहरूलाई आफ्नो नियन्त्रणमा राख्न खोज्ने देशलाई आज कोरोना नियन्त्रण गर्नलाई धाउ धाउ भएको छ।

वर्तमान विश्वको मुख्य शक्तिको केन्द्र भनेको न्युक्लियर बम हो, र जो शीत न्युक्लियर पावर छ उसले आफ्नो स्वाधीनता बचाउन र कसैको अधिनमा रहनु पर्दैन भन्ने मान्यता स्थापित भई रहेको अवस्थामा आज विश्वलाई कब्जा गर्ने न्युक्लियर शक्ति भएको मुलुकहरुले पनि कोरोना लाई नियन्त्रण गर्न सकेका छैनन्।



वर्तमान विश्वको मुख्य शक्तिको केन्द्र भनेको न्युक्लियर बम हो, र जो शीत न्युक्लियर पावर छ उसले आफ्नो स्वाधीनता बचाउन र कसैको अधिनमा रहनु पर्दैन भन्ने मान्यता स्थापित भई रहेको अवस्थामा आज विश्वलाई कब्जा गर्ने न्युक्लियर शक्ति भएको मुलुकहरुले पनि कोरोना लाई नियन्त्रण गर्न सकेका छैनन्। कि, प्रकृति माथी दोहन गरेर उसमाथि हाम्रो आधिपत्य भयो भन्ने कुराको दिकभ्रमा हामी परीरहेका रहेछौं। विगतमा पनि यस्तै महामारी रोग मानिसहरूमा नलागेको हैन तर संसारभर यो गतिमा भएको सायद यो पहिलो पटक हो।

न्युक्लियर शक्तिले कोरोना नभाग्ने निश्चित भयो। न्युक्लियर बमको बटम हातमा हुनुनै सबथोक हैन भन्ने ज्ञान भयो होला सायद यसको फुर्ती लगाउने मुलुकहरुलाई। आज विश्वमा नै ठुलो त्रास छ यो रोग कहिले सम्ममा निर्मुल हुन्छ र यसको अवधि कति सम्म रहने हो ? भन्ने प्रश्नले यत्तिबेला हैरान पारिरहेको छ।यत्तिबेला पृथिबिको अधिकंश भुगोलमा लक डाउन भईरहेको अवस्था छ तर,लक डाउन तत्कालीन समाधान त होला,तर यो दीर्घकालीन उपाय पनि पक्कै हैन। त्यसैले यसैसंङ्ग जोडिएको अर्को कुरा यत्तिबेला लक डाउनको सबै भन्दा धेरै मारमा परिरहेका दैनिक श्रम ज्यला मजदुरी बाट गुजारा चलाउने जनताको निम्ति भोकमरीबाट मर्न नदिन सबैभन्दा पहिले सरकारले राहतको ब्याबस्था मिलाउनु परेन ?

न्युक्लियर शक्तिले कोरोना नभाग्ने निश्चित भयो। न्युक्लियर बमको बटम हातमा हुनुनै सबथोक हैन भन्ने ज्ञान भयो होला सायद यसको फुर्ती लगाउने मुलुकहरुलाई। आज विश्वमा नै ठुलो त्रास छ यो रोग कहिले सम्ममा निर्मुल हुन्छ र यसको अवधि कति सम्म रहने हो ? भन्ने प्रश्नले यत्तिबेला हैरान पारिरहेको छ।

अर्को कुरो संसारभरी किन समय समयमा यस्ता प्रकारका महामारी , प्रकृती प्रकोप ,युद्धहरु हुन्छन ? जसका कारणले धेरै मानवीय र धनजनको क्षति भएको छ भन्ने सवालमा, १८औं शताब्दीका एक बेलायती अर्थशास्त्री थोमस रोबर्ट माल्थसले भनेका थिए ,जीविकाको साधन र जनसंख्या दुबैको प्रवृत्ति बढदै जाने खालको हुन्छ तर जनसंख्याको वृद्धि जीविकाको साधनको अनुपातमा निकै बढी हुन्छ। यो असन्तुलित वृद्धिले गर्दा जीविकाको साधन भन्दा जनसंख्या वृद्धिको मात्रा उच्च हुँदा समाजमा अधिक जनसंख्याको स्थिति पैदा हुन्छ।

यस प्रकारको वृद्धि परिवार नियोजन जस्ता अन्य पद्धति अपनाई रोक्नुपर्छ ,अन्यथा प्रकृतिले भोकमरी ,अनिकाल ,रोग,महामारी ,भुकम्प ,बाढीपहिरो जस्ता प्राकृतिक प्रकोप सृजना गरि जनसंख्यालाई नियन्त्रण गर्दछ जुन भयावह हुन्छ। त्यसैले प्रकृतिले गर्ने नियन्त्रणभन्दा मानिसले गर्ने नियन्त्रण उपयुक्त र लाभदायक हुन्छ। रअहिलेको यो बिश्वपरिसथिती लाई हेर्दा थोमस रोबर्ट माल्थसको उक्त भनाई शीत धेरै प्रतिशत सहमत हुनसकिन्छ। किनभने हामीले प्रकृतिको वस्तु प्रयोग गरेर धेरै सफलता हासिल गरेता पनि यसको सहि तरिकाले व्यवस्थापन गर्न नसकेको देखिन्छ । तीब्र गतिमा जनसंख्या वृद्धि दर र अव्यवस्थित शहरीकरण, जङ्गल फडानी, नदि नाला, जलवायु प्रदुषण पृथ्वीको ओजन तह पातिलिनु कै कारण आज हामीले यस्ता प्रकारको समस्याहरु भोग्नु परिरहेको छ।

यस प्रकारको वृद्धि परिवार नियोजन जस्ता अन्य पद्धति अपनाई रोक्नुपर्छ ,अन्यथा प्रकृतिले भोकमरी ,अनिकाल ,रोग,महामारी ,भुकम्प ,बाढीपहिरो जस्ता प्राकृतिक प्रकोप सृजना गरि जनसंख्यालाई नियन्त्रण गर्दछ जुन भयावह हुन्छ। त्यसैले प्रकृतिले गर्ने नियन्त्रणभन्दा मानिसले गर्ने नियन्त्रण उपयुक्त र लाभदायक हुन्छ।

प्रकृतिको आफ्नो गति छ त्यो द्वन्द्वात्मक ढंगले चल्द छ। यसको नियन्त्रण हाम्रो बसमा छैन । यदि हुदो हो त विश्वमा आफ्नो विकल्पमा अरु कोही नभएको झैं गर्ने देशहरूले ति प्राकृतिक प्रकोप र प्राकृतिक महाबिपत्ती हरुको समाधान गर्न किन सकिरहेका छैनन ? यो कोरोना भाइरस पनि सुरुका दिन हरुमा किर्तिम भाइरस हो कि भन्ने आशंका थियो तर यो प्राकृतिक नै भएको लगभब पुष्टि भएको छ।
हरेक समस्याको समाधान त हुन्छनै ढिलो चाडाे मात्रै हो।

तर यस घटनाले विश्वलाई कुन दिशातिर धकेल्छ भन्ने कुरा मुख्य हुन्छ। यसकारण हरेक मुलुकले आर्थिक ,राजनीतिक,सांस्कृतिक र कति मानवीय क्षति बेहोर्नु पर्ने हो यो अहिलेको गम्भीर चिन्ताको विषय बनेको छ। त्यसैले न्युक्लियर शक्तिलाई लिएर बेला बेला सिङ्गौरि खेल्ने राष्ट्रहरुले आजको दिनमा यो दुनियामा न्युक्लियर बम भन्दा शक्तिसाली अर्को ठुलो शक्ति पनि रहेछ जसलाई हामीले न्युक्लियर बमले तह लगाउनु नसकिने रहेछको बरु त्यो कोरोनाको अगाडी न्युक्लियर बम साँच्चै निरिह र लाचार हुने रहेछ भनि आफ्नो चुलिएको घमण्डलाई सतहमा झार्दै सम्पुर्ण मानब जातिको मुक्तिको लागी काम गर्नु पर्ने रहेछ भन्नेकुरा यो घटनाले सम्बन्धित तिशक्ती हरुलाई सिकाउँछ कि सिकाउँदैन होला ?