
काठमाण्डौ - भारतिय पक्षबाट मिचिएको नेपाली भूमि कालापानी , लिम्पीयाधुरा र लिपेलुकको विवाद तत्काल सुल्झाउनु पर्ने भन्दै युवाहरुले सोसल मिडियाहरूमा ह्यस्ट्याग अभियान चलाएका छन ।
अभियानलाई रविन जंग बस्नेत,समीर बुढाथोकी मुक्ति , सागर केसी, उपदेश यादव, सञ्जीव चौधरी ,निरोज श्रेष्ठ, पूजा खुसी, निर्ग नविन, प्रवेश दाहाल लगायतका युवाहरूले संचालन गरेका हुन आन्दोलन र विरोधको नयाँ र रचनात्मक शैली स्वरुप आफुहरुले उक्त अभियान चलाएको अभियान्ता सागर केसीले बताए ।
उक्त अभियानकर्मीहरुले यो भन्दा अगाडि माईतीघर मण्डला , बानेश्वरको संसद भवन र बबरमहल लगायतको ठाँउमा काला पानी ,लिपुलेक , लिम्पियाधुरा नेपालको हो , भारतिय सिमा अतिक्रमण बन्द गर , भारत सरकार सिमा छोड नेपाल सरकार सिमा जोड लगाएतको नारा लगाउदै बैशाख २७,२८,२९ गते प्रदर्शन सहित भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलाएका थिए ।