सिंगापुर २०१ रनले पराजित
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा युएईले सिङ्गापुरलाई २०१ रनको विशाल अन्तरले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ४७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै २७० रन बनाउन सफल रह्यो । सिंगापुरका लागि मनप्रित सिंहले सर्वाधिक ६६ रन बनाए ।
त्यस्तै थिलिपन ओमाइडुराईले ५२, सुरेन्द्रन चन्द्रमोहन र कप्तान अरित्र दत्तले समान ३८ रनको योगदान गरे । त्यस्तै अब्दुल रहमानले १६ रनको योगदान गर्दा विनोथ बसकरणले १८ रन बनाए ।
युएईका लागि सचित शर्मा, कार्तिक म्येइप्पन र आयान अफजल खानले दुई दुई विकेट लिँदा जुनेइद सिद्दगी, रोहन मुस्तफा र जाहुर खानले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा सबै विकेट गुमाएर ४७१ रन बनाएको थियो ।
युएईको सुरुआत राम्रो भने थिएन । २२ रन बनेका बेला पहिलो विकेट गुमाएको थियो । युएईका लागि कप्तान मोहम्मद वसिम र आयान लाक्रा ओपनिङमा आएका थिए ।
२.४ ओभरमा २२ रन बनेका बेला लाँक्रा आउट भएका थिए । ७ बलमा २ चौकाको मद्दतले १२ रन बनाएर पेभेलियन फर्किए । उनलाई सिंगापुर आदित्य भार्गवले आउट गरेका थिए ।
त्यसपछि कप्तान मोहम्मद र भृत्य अरविन्दले तेस्रो विकेटको लागि २४६ रनको साझेदारी गर्दै युएईको पारिलाई धूवाँधार तरिकाले अघि बढाए ।
२७.५ ओभरमा युएईले दोस्रो विकेट गुमायो । दोस्रो विकेटको रुपमा कप्तान मोहमद आउट भएका थिए । उनी १६० रन बनाएर पेभेलियन फर्किए । उनीले ८२ बल फेस गर्दा १६ छक्का र ९ चौका प्रहार गरे । लगत्तै रमेज सहजाद खाता नै नखोली आउट हुन पुगे । त्यसपछि क्रिजमा आएका असिफ खानले जम्मा ११ रनको योगदान गरे । उनी आउट हुँदा युएईले ३२.३ ओभरमा २९८ रन बनाए । पाँचौं विकेटको रुपमा रोहन मुस्तफा आउट भए । मुस्तफाले जम्मा ३ रन जोडेका थिए ।
त्यसपछि भृत्य अरविन्द र आयान अफजल खान मिलेर युएईको स्कोर ४५० प्लस बनाएका थिए । बृत्य १७४ रन बनाएर आउट भए । उनले १३३ बल खेल्दा ७ छक्का र १७ चौका प्रहार गरे । उनी आउट हुँदा युएईले ६ विकेट गुमाएर ४५४ रन बनाएको थियो ।
सातौँ विकेटको रुपमा आयान अफजल खानको विकेट गुमाएको थियो । उनले पनि आक्रमक पारि खेल्दै ५० बलमा ७४ रन बनाउँदा ३ छक्का र ९ चौका प्रहार गरे । यस्तै, ४९ औं ओभरमा युएईले आठौं विकेट गुमायो । उसका कार्तिक मेइप्पन १ रन बनाएर आउट भए ।
निर्धारित ओभर सकिन १ बल बाँकी हुँदा जुनेद सिद्धिकी खाता नखोली आउट भए । सचित शर्माले नटआउट १६ रन बनाउँदा अन्तिम बलमा जहुर खान आउट भएपछि युएईले सवै विकेट गुमाएर ४७१ रन बनायो ।
सिंगापुरका आदित्य भार्गभले ४ विकेट लिँदा ८५ रन खर्चिए । यसैगरी टिपलनले ९९ रन खर्चिँदा विनोद भास्करणले ६१ रन दिएर २ विकेट हात पारे ।
रमेश कलिमुथले ७३ रन दिएर ३ विकेट हात पार्दा अक्षय पुरीले ४० तथा सुरेन्द्रन चन्द्रमोहनले १८ रन दिए । यस्तै मनप्रित सिंहले ५६ रन खर्चिएर १ विकेट लिँदा अरित्रा दत्तले ३९ रन दिएर विकेट विहीन बने ।
युएईले बनाएको स्कोर त्रिवि क्रिकेट मैदानमा अहिलेसम्मकै सर्वाधिक ठूलो स्कोर रहेको छ ।