सिस्नेरी र पहलमान भिरको स्थलगत अध्ययन
सोलुखुम्बु – सोलुखुम्बुको सिस्नेरी र पहलमान भिरको पहलमान भिरको पहिरो नियन्त्रणका लागि भु–गर्भविद्को टोलीले अध्ययन गरेको छ ।
यस अघि प्रारम्भिक अध्ययन गरिएको सोलुदुधकुण्ड नगरपालिका ११ तिङला स्थित सिस्नेरी र पहलमान भिरको सोलुदुकुण्ड नगरपालिकाको पहलमा सडक डिभिजन कार्यालय मार्फत खटिएको भु–गर्भविद डाक्टर प्रकाश दास उल्कको टोलीले पहिरो नियन्त्रणका विषयमा स्थलगत अध्ययन गरेको हो ।
स्थलगत अध्ययन पछि भु-गर्भविद् डाक्टर प्रकाश दास उल्कले हिमाल एफ.एम.सँगको कुराकानीमा पानीको निकास नहुदा र ढुंगाहरु स्टीक स्लोपमा भएका कारण पहिरो गएको बताए । सिस्नेरी भन्दा माथिको क्षेत्रमा पानी कुलो बनाई कटान गर्ने र अन्य संरचना निर्माण गरि पहिरो नियन्त्रण गर्न सकिने उनले बताए ।
सडक विभागले पर्चिनेन्ट ईन्जिनियररिङ कन्सल्ट्यान्टले तयार पारेको अध्ययन रिपोर्टको आधारमा डिपिआर तयार पारि काम अघि बढाउने छ । त्यसपछि अत्याधुनिक प्रविधिको प्रयोग गरि पहिरो नियन्त्रणको काम हुने छ । आगामी मनसुन अघि नै पहिरो नियन्त्रणका लागि काम हुने सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताए ।
पहिरो नियन्त्रणमा आए बर्खामा पहिरोका कारण नागरिकले सास्ती खेप्नुपर्ने समस्या समाधान हुने सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुंगाका सुपरभाईजर भवकुमार श्रेष्ठले बताए । अध्ययन पछि भुगर्भविदको टोली फर्किएको छ । पहिरो क्षेत्रको माटो परीक्षण लगायतका काम सम्पन्न गरेपछि डिपिआरको काम अघि बढ्ने छ । himalsamachar