
अपाङ्गता भएका व्यक्तिहरूकाे ३२ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । दिवसका अवसरमा साेमवार सहरी विकास मन्त्री सीता गुरुङले सिटी एक्सप्रेसलाई सम्मान पत्र हस्तान्तरण गर्नुभयाे ।
गएकाे वैशाखमा सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलाई पाँच लाख रुपैयाँ सहयोग गरेको थियो । सिटी एक्सप्रेसले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरूलाई सेवा पुर्याउने उद्देश्यले काेषलाई त्याे रकम सहयोग गरेको थियो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत थुप्रै सङ्घसंस्थालाई सहयोग प्रदान गर्दै आइरहेको छ ।
सिटी एक्सप्रेसले विगत १७ वर्षदेखि संसारभरबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । भर्खरै सिटी एक्सप्रेसले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा शुरु गरेको छ ।