
काठमाडौं । सोमबार सर्वोच्च अदालतबाट विदेश जाने अनु पाएका क्रिकेटर सन्दीप लामिछानेलाई यूएईमा जारी आईसीसी विश्वकपको लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न पठाउने प्रक्रिया सुरु गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीपलाई यूएईमा जारी आइसीसी विश्वकप लिग २ अन्तर्गत पपुवा न्यु गिनी र यूएई सम्मिलित सिरिजका लागि सन्दीपलाई पठाउनका लागि सोमबार देखि नै प्रक्रिया सुरु गरिसकेको बताए । सन्दीपलाई यूएई सिरिजमा पठाउनका लागि क्यानले सोमबार नै आइसीसीलाई पत्रचार गरेको उनले बताए । आईसीसीले अनुमति दिएमा उनलाई यूएई पठाइनेछ । तर सन्दीपलाई यूएई पठाउँदा क्यानले एक जना खेलाडीलाई नेपाल फिर्ता बोलाउनुपर्ने हुन्छ ।
सर्वोच्चमा मुद्दा विचराधीन रहेपछि क्यानले गत शनिबार मात्र सन्दीपको ठाउँमा प्रतिश विष्टलाई समावेश गरी यूएई पठाएको थियो ।
मबार भएको खुलमा पपुवा न्यूगिनीलाई नेपालले सहज हराएको थियो । तर सन्दीपको नाम बिचमा समावेश गराउने व्यवस्था भए नभएको हेर्ने काम आईसीसीले अध्ययन गरिरहेको स्रोतको दाबी छ । प्रतियोगिताका लागि सम्बधित देशका खेलाडीहरुको अन्तिम नामावली समावेश भएर खेल सुरु भइसकेको अवस्थामा सन्दीपलाई छिराउन कठिन हुने ठानिएको छ ।
नाबालिग बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा खेपिरहेका सन्दीपलाई सर्वोच्चले विदेश जान सोमबार मात्र अनुमति दिएको हो ।