
सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङ खाम्दिङमा ट्याक्टर दुर्घटना हुदा चालक गम्भिर घाइते भएका छन् ।
खाम्दिङबाट सोल्नासा फर्कने क्रममा लु ३ त ५४१२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हसदा चालक ओखलढुंगाका रिङ बहादुर थापा मगर गम्भिर घाईते भएका छन् । दु
र्घटना भएको ट्याक्टर बाटो भन्दा १५० मिटर तल झरेको भएको छ । दुर्घट्नामा शनिबार अपराहन्न साढे ४ बजे भएको स्थानीय आङ छवाङ दोर्जी शेर्पाले जानकारी दिए ।
पैदलयात्री भाग्न सफल भएका कारण मानविय क्षति नभएको उनको भनाई छ । घाइतेको उद्धार गरि टाप्टिङ स्वास्थ्य चौकी लगिएको छ ।