सोलुदुधकुण्ड नगरपालिकाको बजेट : ५९ करोड ३ लाख ५४ हजार

सोलुखुम्बु – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले ५९ करोड ३ लाख ५४ हजार २६४ रुपैँयाको बजेट ल्याएको छ ।

आज बसेको नगर सभामा बजेट, निति तथा कार्यक्रम पेश भएको नगर प्रवक्ता शारदामाया तामाङले जानकारी दिईन् । वडातहमा योजना छनौटको काम बाँकी रहेकाले असार २४ मा बस्ने नगर सभामा विस्तृत छलफल हुनेछ ।

हिमाल एफ.एम.संग कुरा गर्दै मेयर नाम्गेल जाङबु शेर्पाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।