सोलुदुधकुण्ड नगरपालिकाले तोक्यो बजेटको सीमा

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८–७९ को लागि बजेटको सीमा निर्धारण गरेको छ । मेयर नाम्गेल जाङबु शेर्पाको अध्यक्षतामा बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको वैठकले ५७ करोड, ५३ लाख, ५४ हजार २६४ रुपैँयाको बजेटको सीमा निर्धारण गरेको छ ।

संघीय र प्रदेश सरकार सहित राजश्व परामर्श समितिबाट प्राप्त आन्तरिक स्रोत गरि बजेटको सीमा तोकेको हो । आगामी बर्षको बजेट सीमामा संघीय सरकारबाट सोलुदुधकुण्ड नगरपालिकाले ४४ करोड ९० लाख बजेट प्राप्त गर्नेछ भने प्रदेश सरकारबाट ८० लाख ६५ हजार, राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुमानित रकम १० करोड ५७ लाख, ३९ हजार २६५ रुपैँया समाबेश गरिएको छ ।

आगामी आर्थिक बर्षमा राजश्व परामर्श समितिले एक करोड २५ लाख ५० हजार राजश्व संकलनको अनुमान गरेको छ । त्यस्तै, नगरपालिकाले हरेक वडालाई ४५ लाखको बजेट सिलिङ पठाएको नगर प्रवक्ता शारदामाया तामाङले जानकारी दिईन् ।