सोलुका १७ खेलाडी छनौट

सोलुखुम्बु । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सोलुखुम्बुबाट १७ खेलाडी छनौट भएका छन् ।

असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुने प्रतियोगितामा सहभागीताका लागि प्रदेश छनौट प्रतियोगीताबाट विभिन्न ९ विधाबाट १७ खेलाडी छनौट भएका हुन् । जुडो तर्फ स्वर्ण पदकसहित बन्दना राई, प्रतिमाया तामाङ र पेम्बा याङ्जी शेर्पा, रजक पदकसहित सोनाम छिरिङ शेर्पा छनौट भएका छन् ।

पुरुष भलिबल तर्फ विष्णु बस्नेत र सन्जय बस्नेत, महिला भलिबलमा चाँदनी राई र झरना राई, एथलेटिक्समा मिङमार याङजी शेर्पा, ब्याडमिन्टनमा आशिष खनाल, आर्चरीमा अजय राई र प्रदिप राई, कबड्डीमा वीर बहादुर बस्नेत र सम्भु राई तथा फुल कन्ट्याकमा गौरव आर्चाय, रुपा मगर र पार्थ कोईराला नवौं राष्ट्रिय खेलकुदका लागि छनौट भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र थापा मगरले जानकारी दिए ।

प्रदेश स्तरिय छनौट प्रतियोगितामा सहभागीताका लागि जिल्लाबाट १२ विधामा १९४ जना खेलाडीले सहभागीता जनाएका थिए । जिल्लाबाट भलिबलका महिला/पुरुष १२/१२ जना, चेस पुरुष २ जना र महिला ३ जना, फुटबल महिला/पुरुष १६/१६ जना खेलाडी कबड्डी खेलमा सहभागी थिए ।

यस्तै एथलेटिक्स महिला १० र पुरुष १२ जना, ब्याडमिन्टनमा पुरुष ४ र महिला ३ जना, जुडोमा पुरुष ५ र महिला ७ जना, आर्चरीमा पुरुष ८ र महिला ६ जना, तेक्वान्दो महिला/पुरुष १४/१४ जना र क्यूकोशियन कराँते पुरुष ७ जना र महिला ५ जना छनौट भएका थिए ।